उ म्रिएका गे डागुडी बिहानै उठेर खानुहोस्,फाइदै फाइदा
एजेन्सी – गेडागुडी हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक चिज हो । यसले हाम्रो शरिरलाई स्वस्थ र फिट राख्न धेरै नै मद्दत गर्छ ।
उम्रिएका गेडागुडीमा प्रशस्त पौष्टिक तत्त्वहरु पाइन्छ । शरिरलाई सधै स्वस्थ राख्न उम्रिएका गेडागुडीले धेरै सहयोग गर्ने हुनाले हरेक उमेरकाले सेवन गर्नु राम्रो हुन्छ ।यसको सेबनले बिभिन्न रोगबाट बचाउछ ।
यसमा हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट उत्पन्न हुने विभिन्न रोगबाट बचाउँछ। उम्रिएका गेडागुडीको सेवनले घाउहरु चाँडै निको हुन्छ ।
यसको नियमित सेबनले तौल घटाउन पनि सहयोग गर्छ । यसको मधुमेह, बाथ तथा मुटु रोगीले सेवन गर्नु पनि फइदाजनक मानिन्छ । यसको सेवनले कब्जियत, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगबाट बच्न सकिन्छ ।


