“कालापानी ने’पालकै हो, नक्सा बनाउँदैमा नेपाली भू’मी भारतको क सरी हुन सक्छ ?”

बैतडी। भा’रतद्वारा अ’ति’क्रमित भूमि कालापानी जोगाउन २०३० सालमा खल्तीबाट रकम खर्च गरेर तिङ्करमा प्रहरी चेकपोष्ट निर्माण गर्नेे नेपाल प्रहरीका एक जना प्रहरीका असई भेटिनु भएको छ। उहाँले कालापानी नेपालकै भएको बताउनु भएको छ । तिङ्करमा प्रहरी चेक पोष्ट बनाएको रकम नपाएको पछुतो भन्दा उहाँलाई त्यतिबेलै नेपालको नक्सा बनाएर सीमानाकामा राख्न नपाएकोमा बरु पछुतो लागेको छ ।

देशको सी’मा र’क्षाका लागि तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गरेर तीन वर्ष सीमा रक्षामा खटिनु भएका बैतडीका वीरबहादु चन्दले भारतले हालै सार्वजनिक गरेको नक्सा देखेर आफूलाई अचम्म लागेको बताउनु भएको छ। २०२९ सालदेखि २०३१ सालसम्म दार्चुला को तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गरेर सीमा रक्षाका लागि उभिनु भएका बैतडीको दशरथ चन्द नगरपालिका–४, का वीरबहादुर चन्द अहिले उमेरले ८१ वर्षको हुनुहुन्छ तर, फूर्ति भने पत्याई नसस्क्ने गरि उस्तै छ ।

शारीरिक रुपमा निकै तन्दुरुस्त देखिनुहुने चन्द भारतले सार्वजनिक गरेको नक्साले चित्त दुःखेको बताउनुहुन्छ । उहाँले सीमा रक्षाका लागि कालापानी जान दार्चुलाबाट भारतको धार्चुला भएर हिँड्न सजिलो पर्ने भएकोले भारतको बाटो जान खोज्दा त्यो बेला भा’रतीय सुरक्षाकर्मीले वीरबहादुर चन्दले दिएको निवेदनमा “नो अलाव वीरबहादुर चन्द” भनेर निवेदनमै लेखेर जान नदिएको बताउनु हुन्छ ।

भारतको बाटोभएर कालापानी जान त्यो बेला निवेदन दिएर परिचय पत्र बनाउनु पर्ने प्रक्रियाको बारेमा बताउँदै चन्द भन्नुहुन्छ –“पहिलो पटक त हामी दार्चुलाबाट नेपालकै भूमि भएर चारदिन हिँडेर छाङरु पुग्यौं। त्यहाँबाट हिँडेर तिङ्कर पुगेर छ महिना लगाएर प्रहरी चेक पोष्ट बनायौं । त्यो बेला चौकी बनाउन दुई हजार पाँचसय रुपियाँ बजेट आएको थियो । त्यसले पुगेन ।

अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो। त्यहाँ प्रहरी चेकपोष्ट बनाएपछि भारतले आफूलाई निगरानीमा राखेको रहेछ भन्ने कुरा दोश्रो पटक भारतको बाटो भएर नेपाल आउँन खोज्दा भारतले प्रवेश गर्न नदिएपछि थहाँ पाएँ ।” तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टका पालामा नेपाली सीमा मिचेर भारत र चिनले बनाएका सुरक्षा पोष्ट हटाएर ती ठाउँमा नेपाली सुरक्षा चौकी राखिएको चन्द बताउनु हुन्छ । गोरखापत्रमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।