काँ चो दूध पिउनु स्वा स्थका लागि राम्रो कि हा निकारक ?
बीबीसी । काँचो दूधले प्रतिरोघात्मक क्षमता बढाउनेदेखि पाचन प्रणालीमा सुधार ल्याउनेसम्मका स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने मान्यता रहँदै आएका छन् । तर दूध तताउनाले हानिकारक ब्याक्टेरियाहरु नष्ट हुने हुँदा यसलाई तताएर सेवन गर्न भनिन्छ । तापनि पछिल्लो पाँच वर्ष बेलायतमा काँचो दूधको विक्री दर ५ गुणाले वृद्धि भएको पाइएको छ ।
किसानहरुका अनुसार २०१४ मा ६१० हजार लिटर विक्री हुने गरेको काँचो दूध २०१८ मा आइपुग्दा ३० लाख लिटर विक्री भइरहेको छ । १९८५ देखि नै बेलायत सहित नर्दन आयरल्यान्ड र वेल्समा सुपरमार्केट वा हाइ– स्ट्रिट पसलमा काँचो दूध बेच्न निषेध गरिएको छ । हालैमा मात्र स्कटल्यान्डले सो प्रतिबन्ध हटाएको हो जसले नै काँचो दूध वास्तवमै लाभदायक छ या खतरनाक साबित हुन सक्छ भन्ने प्रश्न उत्पन्न गराएको छ ।
दूधमा अनगिन्ती पोषक तत्व हुने भएकाले पनि यसलाई दैनिक डायटमा समावेश गर्न आवश्यक ठानिन्छ । तर केही भिटमिनहरु तताउँदा नष्ट भएर जाने गरेका छन् जुन कुरा दूधमा पनि लागू हुन्छ । यस्तोमा क्यानडामा गरिएको एक अध्ययनले दूध तताउँदा भिटमिन बी२ बाहेक यसका अन्य प्रमुख पोषण तत्वमा धेरै ठूलो असर नपर्ने गरेको निष्कर्ष निकालेको छ ।
वास्तवमा तताउनुले दूधका राम्रा र नराम्रा दुवै किसिमका ब्याक्टेरिया नास गर्दछ । २०१५ को अर्को एक अनुसन्धानमा काँचो दूधमा एकदम सिमित मात्रामा प्रोबायोटिक अर्थात राम्रो ब्याक्टेरिया हुने गरेको पत्ता लगाएको छ । तरपनि कति मानिसहरुले काँचो दूधमा राम्रा ब्याक्टेरिया हुन्छन् भनेर यसको नियमित सेवन गर्दै आएका छन् ।


