सिन्धुपाल्चोकमा सय जनाभन्दा बढीमा ‘को रोना ल क्षण’, तु रुन्त स हयोग गर्न स्वा स्थ्य मन्त्रालयसँग आ ग्रह

काठमाडौं, माघ २९ । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्।

जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्।

मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ ।

त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।