कोरोना सं,क्रमित व्यक्ति नजिक आए सूचना दिने मोबाइल एप बन्यो

एजेन्सी । कोरोनका कुनैपनि सं,क्रमितसँग नजिक सं,म्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भा,इरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने बताइएको छ ।

यसमा कोरोना भाइरस लागेको पक्का भएको वा शं,का गरिएका व्यक्तिको नजिकमा आउनासाथै एपले खबर गर्नेछ । हाल कोरोनाको लक्षण भएका वा भा,इरस पहिचान भएका मानिसहरुलाई घरैमा बस्न वा स्थानीय स्वास्थ्य अधिकारीहरुलाई तत्कालै जानकारी गराउन सुझाव दिइएको छ । यस प्रविधिले भने नागरिकहरुमाथि चिनियाँ सरकारको क,डा निगरानीतर्फ पनि केन्द्रित गराएको छ । किनकी सो एपकालागि तिनै डाटाहरु प्रयोग गरिनेछ ।

यसलाई प्रयोग गर्न, अलिपे, वि,च्याट लगायतका पेमेन्ट एपहरु मार्फत आफ्नो फोनमा क्यु आर कोड स्क्यान गराउनुपर्ने हुन्छ । यसपछि एपमा फोन नम्बर मार्फत रेजिस्टर गराइ प्रयोगकर्ताहरुलाई आफ्नो नाम र आइडी नम्बर पनि राख्न लगाइन्छ ।

यो एप चिनियाँ सरकार र चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कोर्पोरेसनको सहकार्यमा निर्माण गरिएको हो जसका डाटा भने राष्ट्रिय स्वास्थ्य तथा यातायात निकायबाट प्राप्त गरिनेछ । चीनले सिसिटिभी र फेसियल रिकग्निसन मार्फत आफ्ना जनतालाई नजिकबाट निगरानी गर्ने गरेको छ जसकै आधारमा एप सञ्चालन हुने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।