१४ फ्रेबुअरी: य सकारण मनाइन्छ भ्या लेन्टाइन्स डे

 

एजेन्सी । प्रेममा आस्था र श्रद्धा राख्ने सबैका लागि ‘भ्यालेन्टाइन्स डे’ निकै महत्वपूर्ण र विशेष हुन्छ ।

यस दिनमा आफूले माया गर्ने मान्छेलाई उपहार दिएर प्रेमको प्रस्ताव गर्ने गरिन्छ । भ्यालेन्टाइन्स डे प्रेम सम्बन्धमा रहेका र रहन चाहनेका विशेष दिन हो ।

संसारभर भ्यालेन्टाइन डेको चर्चा भइरहँदा भ्यालेन्टाइन्स डे किन मनाउन थालियो, कहिलेबाट सुरु भयो, भ्यालेन्टाइन को हुन्, १४ फेब्रुअरीकै दिन यो किन मनाइन्छ, यसको इतिहास के हो भन्नेबारे धेरैलाई थाहा नहुन पनि सक्छ । यसबारे केही चर्चा गरौँ ।

भ्यालेन्टाइन्स डे सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ । भ्यालेन्टाइन्स डे किन र कहिलेबाट मनाउन सुरु भएको हो भन्ने कुरा बुझ्न सन् २६९ को रोमको इतिहासमा पुग्नुपर्ने हुन्छ ।

तेस्रो शताब्दीमा रोम युरोपको सबैभन्दा शक्तिशाली साम्राज्य मानिन्थ्यो । सो समयमा क्लाउडिउस द्वितीय नामका एकजना राजा थिए । उनी एकदमै तानशाह र क्रूर प्रवृत्तिका थिए । क्रूरता र जिद्धी स्वभावका कारण उनी संसारभर परिचित थिए । उनी संसारभर विजय हासिल गरेर आफ्नो प्रभाव संसारभर बनाउन चाहन्थे ।

तर, उनले सोच जसरी उनको साम्राज्य विस्तार भइरहेको थिएन । आफूले चाहेजसरी अरू देशलाई परास्त गरेर प्रभुत्व जमाउन नसक्दा उनलाई पिर पर्न थाल्यो । किन आफ्नो साम्राज्य विस्तार हुन सकिरहेको छैन भनेर उनी कारण पत्ता लगाउनतर्फ उन्मुख भए । आफ्नै देशका सैनिक अधिकारी र जनताले आफूलाई खुलेर समर्थन नगर्नाले विजय हासिल गर्न नसकेको निचोडमा उनी पुगे ।

उनले देशका सबै सैनिक र जनतालाई एक ठाँउमा भेला हुन निर्देशन दिए र सोही सभाबाट उनले उर्दी जारी गरे– अबदेखि कसैले पनि विवाह र प्रेम गर्न पाउने छैन । उनको बुझाइ थियो, प्रेम र विवाहजस्ता सम्बन्धले पुरुषलाई कमजोर र बुद्धिहीन बनाउँछ । त्यसो भएपछि देशले साम्राज्य विस्तार गर्न सक्दैन ।

राजाको त्यस्तो आदेशले रोममा अशान्ति र निराशा छाउन थाल्यो । सबैले यो आदेशको दास हुनुपर्यो । उनको विरुद्धमा कोही बोल्न सक्दैनथे । सबैमा निराशा र दुख छाउन थालेपछि त्यही साम्राज्यभित्रका एकजना सेन्ट भ्यालेन्टाइन नामका क्याथोलिक पादरीले राजाको त्यस्तो निर्दयी आदेशको विरोध गर्न सुरु गरे । उनले सबैलाई एकत्रित गर्दै राजाको आदेशको अवज्ञा गर्न सुझाए । तर, कसैले पनि राजाविरुद्ध जाने आँट गर्न सकेनन् ।

त्यसपछि भ्यालेन्टाइनले छापामार शैलीमा लुकिछिपी एक–अर्कालाई प्रेम गर्नेबीच विवाह गर्दिन थाले । उनको यस साहसिक कदले गर्दा धेरैलाई राहत मिल्यो । लुकिछिपी भए पनि मान्छेमा खुसी सञ्चार हुन थाल्यो ।

तर, यो खुसी धेरै समयसम्म टिक्न भने सकेन । कसो–कसो यो कुरा राजाको कानसम्म पुग्यो । राजाले आफ्नो आदेशविरुद्ध गएर जनता भड्काएको अभियोगमा सेन्ट भ्यालेन्टाइनलाई जेल चलान गरे ।

उनलाई कै द गरिएको जे लका जेलरकी एकजना छोरी थिइन्, जो आँखा देख्दैन थिइन् । जेलरलाई लागेको थियो कि भ्यालेन्टाइन एक पादरी हुन् र उनले कसैका लागि भगवान्सँग प्रार्थना गरिदिए भने चमत्कार हुन्छ । एक दिन जेलरले आफ्नी आँखा नदेख्ने छोरीको आँखाको ज्योतिका लागि भगवान्सँग प्रार्थना गरिदिन भ्यालेन्टाइनलाई अनुरोध गरे । जेलरको अनुरोधलाई स्वीकार गर्दै भ्यालेन्टाइनले भगवानसँग प्रार्थना गरे ।

भ्यालेन्टाइनको प्रार्थनाले चमत्कारी ढंगबाट काम गर्यो । भ्यालेन्टाइनले स्पर्श गरेको केही दिनम जेलरकी छोरीले आँखा देख्न थालिन् । उनकी छोरीले आफ्नो आँखाको ज्योति दिलाइदिने ती महान् व्यक्तिसँग भेटेर कृतज्ञता जाहेर गर्ने इच्छा आफ्नो बाबासँग राखिन् । उनका बाबाले पनि आफ्नो छोरीको इच्छालाई साकार पारिदिन छोरीको भेट भ्यालेन्टाइनसँग गराउने बन्दोबस्त गरे ।

उनले भ्यालेन्टाइनलाई भेट्न पाइन् । भ्यालेनटाइनलाई भेट्न त्यसपछि उनी दिनहुँ आउन थालिन् । आफ्नो बाबा जेलर भएकाले उनलाई भ्यालेनटाइनसँग भेट्न कुनै समस्या थिएन । यो क्रम बढेसँगै भ्यालेन्टाइन र उनीबीच प्रेम सम्बन्ध स्थापित भयो । बिस्तारै उनीहरू एक–अर्कालाई औधी माया गर्न थाले । उनीहरू एक–अर्काविना बाच्नै नसक्ने भइसकेको थिए ।

जेलरकी छोरी र पादरीबीचको प्रेमबारे राजाले थाहा पाए । त्यसपछि भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय राजाले गरे । फाँसीमा चढ्नुअघि भ्यालेन्टाइनले आफ्नी प्रेमिकालाई एक पत्र लेखे । पत्रमा आफ्ना भावना लेख्दै पत्रको पुछारमा लेखे ‘फ्रम योर भ्यालेनटाइन’ अर्थात् तिमीलाई माया गर्ने भ्यानटाइनबाट । त्यसै समयपछि आफ्नो प्रेमीलाई पत्र लेख्दा पत्रको पुछारमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेख्ने प्रचलन सुरु भएको मानिन्छ ।

भ्यालेन्टाइनलाई फाँसी दिइएको दिन फेब्रुअरी १४ थियो । उनले प्रेमका लागि गरेको त्याग र समर्पणको कदर गर्दै उनको सम्झनामा हरेक फेब्रुअरी १४ का दिन भ्यालेनटाइन डे मनाउने गरिन्छ । प्रेम गर्न सिकाएको हुनाले यसै दिनबाट उनको नामबाट संसारभर भ्यालेन्टाइन्स डे मनाउन सुरु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।