जनज्योती सहकारी धनकुटाको साधारण सभा सम्पन्न
धनकुटा खबर, ३ फागुन । धनकुटाको जनज्योती बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा शनिवार सम्पन्न भएको छ ।
२०६९ सालमा धनकुटामा स्थापना भएको सहकारीले आज आफ्नो सातौ साधारण सभा सम्मपन गरेको हो । साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ ।
साधारणसभाका प्रमुख अतिथी प्रदेशसभा सदस्य आर सी तुम्बाले सहकारीको बारेका प्रदेश सरकारले सहकारी मैत्री ऐन बनाउन लागेको बताए । उनले भने सहकारीलाई राज्यले तीन तहको सरकारमध्ये एक ठाउँमा दर्ता तथा कर तिर्ने ऐन प्रदेश सरकारले बनाउन लागेको छ ।

संस्थाले ठूलो उतार चढाब पनि पार गर्दै सहकारीहरुको माझमा सं,कटलाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष विकास घिमिरेले बताए । सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाको शेयर पूँजी तर्फ १२ लाख ८३ हजार एक सय रहेको छ संस्थाले १ करोड ६४ हजार निक्षेप संकलन गरेको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिए ।


