स्वाद र औषधिले भरिपूर्ण अमलाको जुसले निको पार्छ यी रोगहरु

अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । समग्रमा अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ ।

यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं । अमलाको जुसले कस्ता रोगहरु निको पार्छ पुरा जानकारी हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।