प त्नीको क माइमा नि र्भर हुनुपर्दा पुरुषहरु सबैभन्दा दुः खी हुन्छन् !

एजेन्सी । एक हालैको वैज्ञानिक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के कुराले उनीहरुलाई सबैभन्दा बढी दुःखी बनाउन सक्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको छ । १४ वर्षसम्म अमेरिकाका ६ हजार परिवारमा गरिएको यस अध्ययनले दुःखपूर्ण भावनालाई चिन्ता, पीडा, निराशावादी, अस्तित्वहिन लगायतका नकारात्मक भावनाका आधारमा मापन गरेको हो । यसबीच पुरुषहरु आफ्नो पत्नीको कमाइमा निर्भर हुनुपर्दा सबैभन्दा बढी दुःखी र असन्तुष्ट हुने गरेको पत्ता लागेको हो । अर्कोतर्फ पत्नीले घरको ४० प्रतिशत आर्थिक भार सम्हाल्दा र बाँकी ६० प्रतिशत कमाइका लागि परिवार आफूमा निर्भर रहँदा चाहिँ सबैभन्दा खुसी हुने गरेको अनुसन्धानले देखाएको छ ।

अध्ययनका अनुसार पुरुषहरु पूर्ण रुपमा पत्नीको कमाइमा निर्भर रहन चाँहदैनन् तर आफू एक्लैले सम्पूर्ण आर्थिक जिम्मेवारी उठाउनाले पनि उनीहरुलाई खुसी बनाउँदैन । निश्चित तथ्याङ्कमा भन्नुपर्दा पत्नीको ४० प्रतिशतसम्मको आर्थिक योगदान पुरुषहरुका लागि सबैभन्दा खुसीको क्षण हुने गरेको पाइएको हो । तर यसक्रममा पत्नीले कमाइमा आफूलाई जित्दै गएमा चाहिँ पुरुषहरुमा मानसिक तनाव बढ्दै जाने गरेको पत्ता लागेको डाक्टर जोआना सिड्राले बताए जो युनिभर्सिटी अफ बाथ्स स्कुल अफ म्यानेजमेन्टमा अर्थशास्त्री हुन् ।

यसरी १९८० को दशकमा १० प्रतिशत परिवारमा मात्र पत्नीले पतिको तुलनामा बढी आम्दानी गर्ने गरेका थिए तर अहिलेको अमेरिकी परिदृश्यमा भने तीन मध्ये एउटा घरमा महिलाले पुरुष बराबर कमाइरहेका हुन्छन् । सिड्राका अनुसार घरको मूल आर्थिक श्रोत हुनुले पुरुषहरुको मानसिकतामा कसरी असर पारिरहेको छ भन्ने पत्ता लगाउन यसअघि कुनै अनुसन्धान गरिएको थिएन । यस्तोमा अध्ययनको लैङ्गिक असमानताले महिलाहरुको करिअर मात्र नभएर पुरुषको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने निष्कर्ष निकालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖