म,रिन्छ जस्तो लागेको थियो, सरकारले ब,चाउनुभयो

दाङ, फागुन ६ गते । ‘सासुलाई भन्दा उपचार गराइदिनु भएन ५० बर्षसम्म लु,काएर राखेको रोगबाट बल्ल मु,क्त पाए’ दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–६ की शिवा घर्ती नयाँ मान्छे भेटेपछि खुसी यसरी साटि हाल्नुहुन्छ ।

२१ बर्षको उमेरमा ख,सेको पा,ठेघरको उपचार ७५ बर्षको उमेरमा भएपछि शिवा निक्कै खुसी हुनु भएको छ । ५० बर्षसम्म खसेको पाठेघर बोकेर क,ष्टकर रुपमै जी,वन बि,ताउँदै आउनु भएको दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–६ की शिवाले ७५ बर्षको उमेरमा उपचार पाउनु भएको छ

जेठो छोरो जन्मिदा ख,सेको पा,ठेघरको स,मस्याबाट शिवाले कान्छो नाति विद्यालय जाने समयमा आएर बल्ल मुक्ति पाउनुभयो । सु,त्केरी भएको तीन दिनमै पानी ल्याउन जाँदा पा,ठेघर ख,सेको बताउँदै शिवाले पा,ठेघरको अ,प्रेसनपछि सजिलो हुने गरेको बताउनुभयो ।

‘जेठोलाई ज,न्माउँदा सु,त्केरी भएको समयबाट स,मस्या सुरु भएको हो । सु,त्केरी भएको तीन दिनमै खोलाबाट पानी ल्या,एर आउँदा आ,ङ स,र्लक्क गरेको थियो’, शिवाले भन्नुभयो, ‘सुरुमा त केही भएन । पछिपछि त साह्रै दुःख दिन थाल्यो । कसलाई भन्ने, ला,ज लागेर आयो । लामो समयसम्म स,मस्या लुकाएर राखेँ । साह्रै दुःख दिन थालेपछि सासूलाई भने तर औषधि गर्न पाइन ।’

पछिल्लो ५/७ वर्षयता पाठेघर पा,केर पि,प चुहिने गरेको बताउँदै ७५ वर्षिया शिवाले अ,प्रेसनपछि अहिले घरको काम सघाउने गरेको बताउनुभयो । ‘पि,प चुने गथ्र्यो । माइत जाँदा पनि के गन्नाउँछ भन्थे । ला,ज लाग्थ्यो । बाँ,चूँला जस्तो लागेको थिएन’, शिवाले भन्नुभयो, ‘शिविरमा डाक्टरले अ,प्रेसन गरेपछि निको हुन्छ भनेको दिन साह्रै खुसी लागेको थियो । अ,प्रेसन गरेर फर्केर आएपछि अब बाँ,चिन्छ जस्तो लागेको छ ।’ श्रीमान् र छोरा बुहारीले गर्न नसकेको उपचार प्रदेश सरकारले गरिदिएकोमा हर्षित भएको बताउँदै शिवाले भन्नुभयो, ‘म,रिन्छ जस्तो लागेको थियो, सरकारले बचाउनुभयो ।’

शिवाजस्तै गाउँपालिकाको वडानम्वर–६ कै मालिका ओलीले २० वर्षसम्म पा,ठेघर खस्ने समस्या भो,ग्नुभयो । प्रजनन् स्वास्थ्य शिविरमा चेकजाँच गरी अ,प्रेसन गरेर फर्केपछि घरको कामधन्दा मात्रै गोठालो जान सक्ने भएको मालिकाले जानकारी दिनुभयो । ‘बाँ,चूला जस्तो लागेको थिएन । ग,न्हाउने पिप चुहिन्थ्यो, क्या,न्सर भयो कि जस्तो लागेको थियो । गाउँपालिकामा शिविर छ भन्ने सुनेर गएर चेक गराएर अ,प्रेसन गरेपछि सजिलो भएको छ’, मालिकाले भन्नुभयो, ‘हिजो आज त घरको काम गर्न सक्ने भएकी छु । ग्वाल जान सक्ने भएकी छु ।’

शिवा र मालिका उदाहरण मात्रै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ द्वारा सञ्चालित मुख्यमन्त्री ग्रा,मीण विकास कार्यक्रमले गतवर्ष वंगचुलीमा आयोजना गरेको शिविरमा चेकजाँच गराएका २४ जना महिलाहरुले पा,ठेघर ख,स्ने स,मस्याबाट मु,क्ति मात्र पाएका छैनन्–बाँकी जीवन ढु,क्कसँग बिताउने भएका छन् । पा,ठेघर ख,स्ने स,मस्या लु,काएर ठूलो ग,ल्ती गरेको भन्दै प,श्चाताप लाग्ने गरेको ७० वर्षिया मालिकाले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमद्वारा सञ्चालित प्र,जनन् स्वास्थ्य शिविर पा,ठेघर ख,स्ने महिलाहरुका लागि बरदान सावित भएको वंगलाचुली गाउँपालिकाले बताएको छ । गाउँपालिकाका महिला विकास शाखा प्रमुख पार्वती रानाले अ,प्रेसनपछि महिलाहरुले पुनर्जी,वन पाएको जानकारी दिनुभयो । ‘गाउँपालिकाले वजेट विनियोजन गर्न नसकेको समयमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको १० लाख वजेटबाट प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेर जटिल अवस्थामा रहेका २४ जना महिलाहरुको अ,प्रेसन गरेका छौं । उहाँहरुले पुनर्जी,वन पाएको जानकारी दिनुभएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा अ,प्रेसन गरेर फर्किएका महिलाहरु हिजोआज मलाई भेट्दा हर्षले अं,कमाल गर्न आउनुहुन्छ ।’

आर्थिक र सामाजिक सूचकका आधारमा पछाडि पारिएको समुदायका लागि प्रदेश ५ सरकारले मुख्यमन्त्री ग्रा,मीण कार्यक्रम सुरु गरेको भन्दै जिल्ला सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जिल्लाका बंगलाचुली, राजपुर र बबई गाउँपालिकाका २ हजार ५ सय बढी समुदाय कार्यक्रमबाट प्र,त्यक्ष ला,भान्वित भएको जानकारी दिनुभयो । ‘विदेश जाने तयारीमा रहेका युवाहरु पासपोर्ट थ,न्काएर व्यवसायमा लाग्नुभएको छ ।

हामीले सञ्चालन गरेको मोटरसाइकिल मर्मत, सैलुन, होजियारीलगायतका तालिम लिएर युवाहरु व्यवसायमा लाग्नुभएको छ’, श्रीधरले भन्नुभयो, ‘हामीले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, क्षमताविकास, सामाजिक उत्तरदायित्वका कामहरु गरेका छौं । विद्यार्थी, युवा, कृषक, बृद्धबृद्धा सबैलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौं ।’

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश ५ ले प्रदेशका ३५ वटा गाउँपालिकामा आर्थिक वर्ष ०७५/०७६ देखि सुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम चालु आर्थिक वर्षदेखि प्रदेशका ७३ वटा गाउँपालिकामा लागु भएको सहजकर्ता श्रीधरले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।