कसले र च्यो सरकार ढा ल्ने ष ड्यन्त्र? किन चि न्तामा छन् प्रधानमन्त्री ओली?

काठमाडौं, फागुन ७ । नेकपाको सरकारले दुई वर्षे कार्यकाल सहजै पूरा गरेसँगै अविश्वास प्रस्ताव आउने बाटो संविधानतः खुल्नु र गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले ढाल्ने षड्यन्त्र सुरु भयो’ भन्नुमा के तादाम्यता छ?

के प्रतिपक्ष त्यस्तो बलियो छ, जसले यो सरकार ढाल्ने हैसियत राख्छ? वा भित्रभित्रै नेकपा विभाजित भएर प्रतिपक्षीको योजनामा सामेल हुँदैछ कि? या सैनिक, विप्लव वा कुनै विदेशी शक्तिको चलखेल त्यति घनिभूत रुपमा प्रकट भइसकेको छ?

आजको जनआस्था साप्ताहिकका अनुसार दुई तिहाइको सरकार छ, संख्या नपुगेको कांग्रेस हार खाएर बसेको छ।

राष्ट्रियस सभा चुनावमा मिल्न आएका राजपाहरु संघीय सरकारमा सामेल नहुने सन्देशसहित दिल्लीबाट फर्केका छन्।

यस्तो स्थितिमा सरकार ढाल्छ कसले? एकथरी नेकपा नेताहरुको भनाई छ, ‘आफैँ विपक्षी खडा गर्ने र त्यही पिर लिएर बस्ने प्रधानमन्त्रीको बानी छ।’

प्रधानमन्त्रीले झापामा बोलेको कुरालाई पार्टीको आन्तरिक पक्षमा रक्षात्मक भइयो भन्ने अर्थमा लिन सकिने कतिपय नेकपा नेताहरुको ठहर छ।

यसो गर्दा विरोधीहरु सरकारै ढाल्ने कोशिसमा लागे भने पनि पार्टीभित्र नमिलेका पक्ष भित्रभित्रै मिल्ने सम्भावना रहन्छ।

‘बाहिर सरकार ढाल्न खोजेका छन्, तपाईं पनि त्यसमा सामेल हो?’ भनेर प्रश्न गर्न सकिने अर्थमा प्रधानमन्त्रीको भनाई आएको नेताहरुको बुझाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖