७० करोड कमिसनका लागि सञ्चारमन्त्री गोकुल बास्कोटाले सेटीङ गरेको अडियो सार्वजनिक (अडियो सहित)

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्र,ष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्र,करणमा जोडिने घ,टनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्र,ष्टाचारमा समेत चु,र्लुम्म डु,बेको देखाएको छ ।

प्रधानमन्त्री ओलीले आफू भ्र,ष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गि,ज्याउने गरि घ,टनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिएको झै उन्मुक्ति दिन्छनकी कार्वाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए। उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्र,ष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तै ‘हाम्राकुरा डटकम‘मा पुरा जानकारी हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖