बाँस्कोटा कार्यकालमा ४७ अर्ब घो,टालाको आशं,का

काठमाडौं । सञ्चारमन्त्री हुँदा गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र भूउपग्रहको काममात्र अगाडि बढाएनन् नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा समेत आफ्नो स्वा,र्थ देखाए । यी कार्यका लागि उनले नेपाल दूरसञ्चार प्राधिकरणमा आफू अनुकूलका अधिकारीलाई नियुक्त गरे । अरबको मरभूमी सयर गर्दै नियुक्तिमा पनि डि,ल भएको थियो ।

से,क्युरिटी प्रि,न्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पुर्याइयो । यसमा मात्र १६ अर्बको च,लखेल देखियो । टेपका,ण्डमा समेत पौने एक अर्बको कमिशनको विषय स्पष्ट सुनिएको छ जुन स्वीस कम्पनिका एजेन्ट भनिएका विजय मिश्रसँगको कुराकानी हो । तर, स्वीस कम्पनिले नभई फ्रान्स र जर्मनीको कम्पनिले पाए ।

भू-उपग्रहको काम अमेरिकी कम्पनिहरुले १२ अर्बमा गर्ने प्रस्ताव गरेका थिए । तर, बाँस्कोटाको द,बाबमा नेपाल दूरसञ्चार प्राधिकरणले ३० अर्बमा ठेक्का दिने प्रक्रिया बढाए । यसबाट १८ अर्बको च,लखेल भयो ।

नेपाल टेलिकमले फेरजी सेवा विस्तारका लागि १९ अर्बमा ठेक्का दियो । मन्त्री बाँस्कोटा यसमा पनि पूर्णत हा,वी भए । एनसेलले यही काम ६ अर्बमा विस्तार गरेको थियो । १३ अर्ब बढाएर काम बढाइयो ।

कुल मिलाएर ४७ अर्बको घो,टाला प्रक्रिया मिलाएर नै गरियो । दूरसञ्चार क्षेत्रमा गरिएको कमिशनको खेलकै लागि मन्त्री बाँस्कोटाले नियुक्ति देखि सरुवा समेत सबै मिलाएर गरेको देखिन्छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर अख्तियार दु,रुपयोग अनुसन्धान आयोगले छानविन गर्न नमिल्ने गरी सु,रक्षित बनाइयो । जबकि टेलिकमको फोरजी सेवा विस्तारमा सञ्चालक समितिले निर्णय गर्न सक्थ्यो ।

यसैगरी, सरकारलाई रकम तिर्न बाँकी कम्पनिहरु स्मार्ट टेलिकम, नेपाल स्याटलाइट र वेवसर्फर नेपाल कम्युनिकेशन सिस्टमलाई कमिशन लिएरै पाँच किस्तामा बक्यौता रकम तिर्ने सुविधा बनाइदिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले यी कम्पनिहरुको इजाजत खारेज गर्ने निर्णय गरेपनि मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय उल्टाएर ब,क्र्यौता रकम तिर्ने सुविधा बनाइदिएका थिए । कम्पनिहरुले लामो प्रयासबीच पुर्नजी,वन पाएका थिए । यसका लागि बास्कोटाले राम्रो क,मिशन प्राप्त गरेको बुझिएको छ ।

मुलुकमा पहिलोपटक गरिएको फ्रिक्वेन्सी लिलाम प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेलबीच मात्र भाग लिन पाउने गरी सर्त बनाएको थियो । यसमा पनि बाँस्कोटाले नै चलखे,ल गरेका थिए । फ्रिक्वेन्सी लिलाममा पनि उनले मोटो कमिशन लिएको बुझिएको छ ।

सेक्युरिटी प्रेसको १६ अर्ब, स्याटेलाइटको १८ अर्ब र फोरजीको १३ अर्ब रुपैयाँ ग,डबड भएको विषय चासोमा छ । यी सबै काम बाँस्कोटा मन्त्री हुँदा अगाडि बढेका थिए । कुल ४७ अर्बको अनियमितताको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौ,न बसे । अहिले बाँस्कोटाको टेपका,ण्डपछि यो विषयले च,र्को रुप लिएको छ ।

कामिनी हटाउनुको रह,स्य
नेपाल टेलिकमको फोरजीको ठेक्का १९ अर्ब रुपैयाँमा चिनियाँ कम्पनी हुवावेलाई दिएको थियो । कामिनी राजभण्डारी टेलिकमको एमडी हुँदा १८ अर्बमा ठेक्का दिन खोज्दा भ्र,ष्टाचार गर्न लागेको भनेर हटाएका मन्त्री बास्कोटाले आफैले हुवावेलाई १९ अर्बमै ठेक्का दिलाएका थिए। उनैले कामिनीलाई एनसेलले ६ अर्बमा गर्ने, टेलिकमले त्यतिनै क्षमताको लागि किन १८ अर्बमा दिने ? भनेर टेण्डर सदर गर्न नदिइ पदमुक्त गरेका थिए ।

यसरी फोरजी सेवाको ठेक्कामा च,लखेल गरिसकेपछि सेक्युरिटी प्रिन्टिङ प्रेस र स्याटेलाइटको ठेक्का पनि टुं,ग्याएका हुन् । सञ्चार मन्त्रालयका ठेक्का सक्याएपछि उनले अन्य मन्त्रालयमा जाने तयारी गरेका थिए । तर, टेपका,ण्डका कारण उनी पदमुक्त भए । रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।