‘एउटा पो लिटिकल मान्छेलाई प्र श्न उठेपछि अ प्ठ्यारो मान्नु हुँ दैन, ढ्या क्क रा जीनामा दिने हो’

काठमाडौं, ९ फागुन । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका बाँस्कोटाले यस विषयमा बोलेका हुन्। कमशिन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। एउटा राजनीतिक मान्छेमाथि प्रश्न उठेपछि ठ्याक्क राजीनामा दिएको उनको भनाइ छ।

‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, बाँस्कोटाले भने, ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो।’

बाँस्कोटाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट पार्ने बताएका छन्।

‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उनले भने, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।