यी डी एसपी जसले अ श्लील भिडियो बनाएर ६ महिनासम्म गरे यस्तो
काठमाडौं, फागुन १० । शान्तिसुरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न? यस्तै पीडा भोग्दै आएकी छिन्, महांकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिर्वतन) ले।
जागिरको सिलसिलामा उनी विभिन्न ठाउँमा भौँतारिइन्। अन्तमा एक कम्पनीमा सेक्युरिटी गार्डको अवसर आयो। कम्पनीले उनलाई जागिर खान प्रहरी रिपोर्ट आवश्यक पर्ने बतायो। त्यसैले उनी ०७५ मंसिरमा चापागाउँ प्रहरी वृत्त पुगिन्।
त्यहाँ उनले आफ्नो समस्या सुनाइन्। वृत्तमा कार्यरत एक प्रहरीले प्रहरी उपरीक्षक राजकुमार खिउजूलाई भेट्न सल्लाह दिए। उनी डिएसपी खिउजूको क्याबिनमा पुगिन्।
डिएसपी खिउजूसँग उनले आफूलाई जागिरका लागि प्रहरी रिपोर्ट आवश्यक परेको बताइन्। खिउजूले पुलिस रिपोर्ट जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले बनाउने बताए। त्यसका लागि आफूले सहयोग गर्ने आश्वासन दिए।
खिउजूले एक प्रहरीलाई चिया ल्याउन निर्देशन दिए। ती प्रहरी जवानले चिया लिएर आए। चिया पिउँदै गर्दा खिउजूले क्याबिनको ढोका लक गरी युवतीको मुख थुनेर कपडा फुकाली ज बर्जस्ती क रणी गरे।
युवतीले प्र तिकारको प्रयास गरिन्, तर सकिनन्। उनले पुलिसमा रिपोर्ट गर्ने बताइन्। तर, खिउजूले चलाखीपूर्ण तरिकाले क रणीको भिडियो रेकर्ड गरे। त्यो भिडियो प्रयोग गरी आफूलाई ६ महिनासम्म बारम्बार क रणी गरेको युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
भिडियो सार्वजनिक हुने डरले युवती तत्कालै प्रहरीमा जान सकिनन्। खिउजूले कहिले आफ्नो कोठामा त कहिले क्याबिनमै लगी क रणी गरेको युवतीको भनाइ छ। खिउजूले आफूसँग क रणीको भिडियो क्लिप रहेकाले घटनाबारे कसैलाई बताए वा कतै उ जुरी गरे सार्वजनिक गर्ने धम्की दिएको उनले बताइन्।
भिडियोकै आडमा ६ महिनासम्म दिनको चार/पाँचपटकसम्म क रणी गरेको युवती बताउँछिन्।
केही समयपछि डिएसपी खिउजूको सरुवा भयो। उनी विराटनगर पुगे। सरुवापछि मात्र युवतीले उन्मुक्ति पाइन्। यो खबर आजको नयाँ पत्रिकामा विजय कार्कीले लेखेका छन्।
एकदिन फेसबुकमा दाङका पत्रकारलाई घटनाबारे सबै खुलाइन्। ती पत्रकारले काठमाडौंमा रहेका अर्का पत्रकारको सहयोगबाट महिला अधिकारकर्मीलाई सुनाइदिएपछि चापागाउँ ब लात्कार घटना बाहिरिएको हो।
घटना थाहा पाएलगत्तै एक महिला अधिकारकर्मीले युवतीलाई लिएर महानगरीय प्रहरी वृत्त टेकु पुगिन्। उनीहरूले प्रहरीलाई घटनाबारे विस्तृतमा भने। प्रहरीले प्रमाण माग गरेबमोजिम युवतीले आफ्नो मोबाइलमा भएका सबै रेकर्ड देखाइन्।
तर, प्रहरीले घटनाको सबै अडियो, भिडियो हेरेपछि जबर्जस्ती मोबाइल खोसेर ती सबै प्रमाण डिलिट गरिदिएको पीडित युवतीले दुःखेसो पोखिन्। जाहेरी दिने क्रममा खिउजूको फोन आएको र उनकै आग्रहमा भिडियो र अडियो नष्ट गरिएको पीडित युवतीले बताइन्।
राजीनामा दिएर फरार
गत २२ माघमा पीडित युवतीले डिएसपी खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन्। ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो।
तर, उनी अहिलेसम्म फरार छन्। पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन्। पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन्।
बरु उल्टै आफ्नो बचाउ गर्दै विभिन्न अनलाइन न्युज पोर्टलमा अन्तर्वार्ता दिँदै हिँडेका छन्।’ उनले काठमाडौंको एक अनलाइन च्यानलमा अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको छ।
प्रहरी वृत्त चापागाउँका पूर्वडिएसपी खिउजूले ०७५ सालको विभिन्न समयमा युवतीलाई यौ न दुव्र्य वहार गरेको जाहेरीमा उल्लेख छ। जाहेरीमा खिउजू, उनकी पत्नी, छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभनमा पारेको भनिएको छ।
प्रहरीले भने खिउजूको खोजीकार्य जारी रहेको बताएको छ। खिउजूलाई पक्राउ गर्न एउटा टिम बनाएर अगाडि बढेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।
‘प्रहरीले एउटा टिम नै बनाएर खिउजूको खोजीकार्य जारी राखेको छ। उनलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याएरै छाड्छौँ। पूर्वप्रहरी भएकाले अनुसन्धान प्रक्रिया उनलाई थाहा हुन सक्छ, त्यसैले समय लागेको हो,’ राईले भने।
दुई महिनाअघि नै पदबाट राजीनामा दिएर उनी फरार भएको प्रहरीको भनाइ छ। राष्ट्रिय मानवअधिकार आयोगले जबर्जस्ती क रणीजस्तो आपराधिक घटनामा फास्ट ट्रयाकबाट पीडितलाई न्याय दिनुपर्ने बताएको छ।
‘जबर्जस्ती क रणीजस्तो अपराधको घटनालाई प्रहरीले दु्रत मार्गबाट पीडितलाई न्याय दिलाउनुपर्छ,’ आयोगकी आयुक्त मोहना अन्सारीले भनिन् ।


