कक्षा ११ र १२ स जिलै पा स गराउने पाठ्य सं रचना बनाउँदै शिक्षा मन्त्रालय
काठमाडौं, फागुन ११ । देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ।
कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० नम्बर ल्याउनेले सर्टिफिकेट पाउने भएको हुन्। यो खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।
नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था छ। शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ।
एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ।


