बिना अ क्सिजन सगरमाथा आ रोहण गरेर वि श्वरेकर्ड राख्ने त यारीमा टासी लाक्पा

काठमाडौं, फागुन १२ । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६७ वर्ष भइसकेको छ।

तर यो अवधिमा जम्मा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखर पुगेका छन्। करिब दुई महिना लगाएर।

आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेको समाचार अनुसार यस्तै चुनौती लिएर नेपाली पर्वतारोही आज सगरमाथातर्फ जाँदैछन्, त्यो पनि विनाअक्सिजन।

अत्याधिक चिसो हुने, हिउँ परिरहने र बाटो बनाउन र पहिल्याउन अत्याधिक चुनौती हुने हिउँदयाममा सगरमाथा लगायतका हिमचुचुरा आरोहण गर्नुलाई पर्वतारोहण क्षेत्रमा असामान्य घटना नै मानिन्छ।

यस्तै, असमान्य सिजनमा बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन्।

पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमती प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन्। आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता दुईपटकमात्रै हिउँदयाममा सफल आरोहण भएको छ।

‘१९८० मा जापानी आरोहीहरु र १९९३ मा पोलिस आरोहीहरुले कम्तीमा दुई महिना लगाएर हिउँदयाममा सगरमाथा आरोहण गरेको रेकर्ड फेला पर्‍यो,’ संखुवासभाको मकालु मुलघर भएका ३४ वर्षीय टासीले भने, ‘यी दुई आरोहण बाहेक हिउँदयाममा कुनै पनि प्रयास सफल भएको रेकर्ड देखिएको छैन।’

आरोही शेर्पाले आफू यसपटकको हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको बताए। यसबारे गिनिजको टोलीलाई पनि जानकारी गराइसकिएको छ।

टासीले विभागलाई बुझाएको कार्यतालिका अनुसार उनी सोमबार काठमाडौंबाट लुक्ला हुँदै हेलिकप्टरमा ५३ सय ८० मिटर उचाईमा रहेको सगरमाथा आधार शिविर पुग्ने छन्।

मंगलबार आधार शिविरबाट ६४ सय मिटर उचाईमा रहेको दोस्रो शिविर, बुधबार ७९५० मिटर उचाईमा पर्ने चौथौ शिविर, बिहीबारका दिन उनले ८८४८ मिटर उचाइको चुचुरोमा पाइला राख्ने छन्।

उनी बिहीबारै दोस्रो शिविरमा झर्ने छन र पाँचौ दिन हेलिकप्टरबाट काठमाडौं फर्किने छन्।

टासी लाक्पा वसन्तकालीन हिमाल आरोहण सिजनमा बिना अक्सिजन आरोहण गर्ने पहिलो नेपाली कान्छो आरोही पनि हुन् । उनले ०६२ सालमा १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेर्कड्समा नाम लेखाएका थिए।

उनले ८ पटक सगरमाथा आरोहण सकिसकेका छन् । अरोही टासी लाक्पासँग सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा गाइडका रुपका जाँदैछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।