समृद्धिका लागि हात प,सार्ने – जन्मदिन मनाउन य,त्रो खर्च किन ?

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित जन्मघर पुगेर जन्मदिन मनाएको भोलिपल्ट नेकपाकै अर्का प्रभावशाली नेताले ओलीप्रति ट्विटरमा क,टाक्ष गरेका छन्।

प्रधानमन्त्रीले ठूलै केक काटेर जन्मोत्सव मनाएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। खास गरी उनले नेपालको नक्सा आकारको केक का,टी जन्मदिन मनाएका थिए।

सोही कारण ट्विटर र फेसबुकमा ओलीको आलोचनात्मक चर्चा बढी भएको थियो। तर सोमबार नेकपाकै नेताले ओलीको जन्मोत्सव मनाउने शैलीप्रति कडा धारणा व्यक्त गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !’, रावलले ओलीलाई शुभकामना दिँदै भनेका छन्, ‘यो मनन गर्नु भने उचित हुन्छ(केक का,ट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, का,टेर खान मिलेन।’

यतिमात्र हैन रावलले समृद्धिका लागि हात प,सारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन नमिल्ने समेत बताएका छन्। उनले पार्टी निर्णयले त झनै नमिल्ने धारणा सार्वजनिक गरेका छन्। यसलाई प्रधानमन्त्री ओलीले कसरी लेलान्, त्यो त हेर्न बाँकी नै छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।