प्र चण्ड र देउवालाई दो षी देखाउँदै इश्वर पोखरेलले सा र्वजनिक गरे नेपाल ट्रस्टको श्वे तपत्र

काठमाडौं, फागुन १४ । गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ।

आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेको समाचारअनुसार विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ।

गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई गोकर्णको लिज हस्तान्तरण गर्दा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम थिए भन्ने श्वेतपत्रमा उल्लेख छ।

त्यस्तै, ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लगाउने प्रस्ताव स्वीकृत हुँदा ट्रस्टको संरक्षकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष रहेको श्वेतपत्रमा उल्लेख छ।

दरबारमार्गको जग्गा लिजमा लिन बोलपत्र प्रस्तावमा भाग लिएका ६ फर्ममध्ये बढी बोलकबोल गर्ने यती समूहको थामसेर्कु प्रालिको प्रस्ताव ट्रस्टको सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ।

५ वैशाख ०७४ को बैठकले दरबारमार्गको जग्गा एक अर्ब ४० करोडमा ३० वर्षका लागि थामसेर्कुलाई लिजमा दिने निर्णय गरेको थियो ।

त्यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला नै संरक्षक र वामदेव गौतम सञ्चालक समिति अध्यक्ष हुँदा २८ साउन ०७१ को बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा लिज आउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको पनि श्वेतपत्रमा उल्लेख छ।

शेरबहादुर देउवा ट्रस्टको संरक्षक र जनार्दन शर्मा सञ्चालक समिति अध्यक्ष हुँदा काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टी आउटर कम्प्लेक्सको कित्ता नं. १८, १९ र २० को लिज सम्झौता भएको पनि श्वेतपत्रमा समेटिएको छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दिएको काठमाडौंको १७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्टको कार्यालयले माग गरेको छ।

ट्रस्टको कार्यालयले नेपाल ट्रस्ट ऐन, २०६४ को कानुनी व्यवस्था प्रतिकूल हुने गरी मोही कायम भएका ती जग्गा पूर्ववत् अवस्थामा कार्यालयकै नाममा कायम गर्नुपर्ने माग गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।