प्रधानमन्त्रीलाई नेता नेपालको चे तावनीयुक्त सु झाब

काठमाडौं, फागुन १६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् ।

पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालले चेतावनीयुक्त सुझाब दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो ।

तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।

गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए ।

‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ।’

छलफलमा प्रधानमन्त्री ओलीले भने लामो पृष्ठभूमि बाँध्दै सरकारविरुद्ध संगठित रूपमै षड्यन्त्र भइरहेको र गौतमलाई नियोजित रूपमा अघि सारेर खतिवडालाई अर्थमन्त्रीबाट हटाउन खोजिएको भन्दै पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए ।

आफ्नो निर्णयबाट ‘ब्याक’ नहट्ने बताउँदै उनले केही नेताहरूले नियोजित रूपमै संकट निम्त्याउन खोजेकाले साथ दिन नेता नेपाललाई आग्रहसमेत गरे ।

गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टीको सैद्धान्तिक निर्णय भए पनि कहिले गर्ने स्पष्ट नभएकाले तत्काल कार्यान्वयन जरुरी नभएको ओलीको जिकिर छ । मन्त्रिपरिषद्ले सिफारिस गर्ने भएकाले पार्टी निर्णय कार्यान्वयन गर्न आफू बाध्य नहुने उनले बताएका थिए।

प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट छन्।

बिहीबार आयोजित पार्टीको बागमती प्रदेशको भेलामा उनले भ्रष्टाचार, दम्भ, अहंकार र आत्मकेन्द्रित चिन्तनका कारण विश्वका कतिपय मुलुकमा कम्युनिस्ट आन्दोलन धराशयी भएको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।