नेपालमा अहिलेसम्म कसैमा पनि कोरोना भा,इरसको सं,क्रमण भेटिएको छैन – डा.रुना

काठमाडौं, २१ फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमण नभेटिएको स्पष्ट पार्नुभएको छ ।

कोरोनाको परीक्षण थ्रो,ट स्वाब र नाकबाट पनि लिने गरिएको बताउँदै उहाँले अगाडि भन्नुभयो, ‘नेपालमा यो भा,इरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना प,रीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीमाथि ठूलो आ,लोचना पनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा निर्देशक झाले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रु,घाखोकी र ज्वरो नै भएको बताउनुभयो निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षणहरु सबै नेगेटिभ आएको सुनाउँदै आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ, भनेर भनेको जानकारी दिनुभयो ।

उहाँले आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्ष,मता भएको जानकारी दिनुभयो ।

उहाँले हालै मात्र दक्षिण कोरियाबाट आएको नेपाली जसलाई ‘श्वाँ,सप्रश्वाँसको स,मस्या र ज्वरो आएको थियो’ परीक्षण गर्दा उनको पनि रिजल्ट नेगेटिभ आएको जानकारी पनि दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।