स्वास्थ्य सेवाका कर्मचारीलाई बिदा र तालिममा नपठाउन निर्देशन

दैलेख । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीलाई बिदा र तालिममा नपठाउन निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भा,इरसको उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिएको हो ।

प्रदेशका सबै जिल्ला तथा प्रदेश अस्पतालमा पत्राचार गर्दै तत्कालिन अवस्थामा स्वास्थ्य कर्मचारीलाई काज तथा बिदामा नपठाउन निर्देशन दिइएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले बताइन् । नेपाल कोरोना भा,इरसको उच्च जोखिममा रहेकोले कर्णाली प्रदेशमा उच्च स,र्तकता अपनाउन र पूर्वतयारीको लागि पत्राचार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीलाई अत्यावश्यक काम बाहेक विदा नदिनुहोला बमोजिमको पत्राचार गरिएको छ । यसअघि बिदा वा काजमा बसेको कमर्चारीलाई पनि छिटो कार्यालयमा उपस्थित हुन भनिएको छ निर्देश भण्डारीले थपिन् ।

यसैगरी प्रदेशभित्र रहेका स्थानीय तहसँग सहकार्य गरी औषधि तथा उपकरणहरुको पूर्वतयारीका लागि सहजीकरण गर्न पनि निर्देशन दिइएको छ भने प्रदेशसभाको बैठकमा समेत सांसदहरुले को,रोनाको पूर्वतयारीबारे प्रदेश सरकारसँग जवाफ माग गरेका थिए । सामाजिक विकास मन्त्रालयले चीनसँग जोडिएका नाकामा क,डाइ गरिने बताएको छ ।

प्रदेशको मन्त्री स्तरीय समिति बनाई तयारी थालिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख बृर्षबहादुर शाहीले बताए । प्रदेश अस्पतालमा समिति बनाई काम अघि बढाइने छ उनले भने ।

कर्णालीका चार स्थानमा हेल्थ डेस्क स्थापना हुँदै

कोरना भा,ईरसबाट उच्च सर्तकता रहनका लागि कर्णाली प्रदेश सरकारले कर्णालीका चारवटा नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क राख्ने भएको छ । कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश नम्बर ५ को सिमाना बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरू भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गर्न हेल्थडेस्क राख्ने तयारी गरेको हो ।

चारवटा नाकामा औषधिसहित खटिने स्वास्थ्यकर्मीको टोलीले आवतजावत गर्ने हरेक नागरिकलाई सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै,शं,कास्पद व्यक्तिको स्वास्थ्य चेकजाँच गर्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।

हेल्थ डेस्कमा आवश्यक सामग्री तथा औषधिसहित स्वास्थ्यकर्मीको टोली संवेदनशील मानिएको नेपाल र चीनको सीमा हिल्सा नाकामा तत्काल पठाउने, अपुग हुनसक्ने थप सामग्री खरिद गर्ने, कुनै चिजको अभाव नहुने गरि हेल्थ डेस्कको व्यवस्थापन गछौं भण्डारी भनिन् । कोरोना भा,इरसबाट सं,क्रमितलाई उपचार गर्न कर्णाली प्रदेश अस्पतालमा दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको निर्देशनालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।