१०० रुपैयाँको मास्कलाई ४५० मा विक्री गर्दै व्यापारी

उत्तम पौडेल, पोखरा, २२ फागुन । कोरोनाको प्र,भाव बढिरेको समयमा पोखरामा मास्कको अ,भाव बढ्दै गएको छ । दैनिक मास्क खोज्न आउनेहरुको संख्या बढ्दै जानु र मास्क नपाइनुले स्थानीय चिन्तित बनेका छन् । कोरोनाको त्रा,स बढेको समयमा मास्क नपाइनु तथा पाइएमा बढी पैसा तिर्नुपर्दा स्थानीय मा,रमा परेका छन् ।

हाल पोखराका अधिकांश औषधि पसल तथा मेडिकलहरुमा मास्क पाइँदैन । गण्डकी प्रदेश अनुगमन समिति तथा सामान्य बिकास मन्त्रालयले आज पोखराका विभिन्न औषधि पसलमा अ,नुगमन गरेको छ ।

मन्त्रालयले केही औषधि पसल ब,न्द गरेर अनुसन्धान अगाडि बढाएको छ, भने केही पसलबाट सामान ज,फत गरेको छ । पोखराका अधिकांश पसलहरुमा मास्कको अ,भाव भएता पनि केही पसलहरुले कृ,तिम अ,भाव देखाएका छन् ।

पसलमा मास्क किन्न आएकाहरुलाई मास्क हुँदाहुँदै पनि बिक्री नगर्ने र बिक्री गर्दा बढी मूल्य अ,सुलिरहेका फे,ला परेको छ । स्थानीय व्यवसायीहरुले खरिद गर्दा बढी परेका कारण बिक्री मूल्य पनि बढाइएको जि,किर गरिरहेका छन् । तर, उनीहरुले खरीद बिल भने देखाउन सकेनन् ।

पोखराको हस्पिटल चोकमा रहेको परी फार्मेसीमा १० रुपैयाँ पर्ने मास्कलाई ३० रुपैया लिएर बेच्दै गरेको पाइएको छ । त्यस्तै महेन्द्रपुलको मेडिकल लाइनमा रहेको स्याङ्जा औषधि पसलमा १०० रुपैया पर्ने मास्कलाई ४५० रुपैयामा बेच्ने गरेको पाइएको छ ।

यस्तै, अधिकांश पसलहरुमा १० को मास्कलाई अनुकुल र ग्राहक हेरेर २० देखि ८० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ । यसरी बढी मूल्य अ,सुलेर मास्क बेचिरहेका पसलहरुबाट सामान ज,फत गरी पत्र का,टिएको छ । साथै, उनीहरुलाई कालोबजारी ऐन २०३२ बमोजिम का,रवाही गरिने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

पोखरामा ३०० रुपैयाँ बट्टा पर्ने मास्क यतिबेला १५ सय रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । एकातिर स्थानीय प्रशासनले भेला भएर गरिने कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको छ, भने अर्कातर्फ मास्कको अभावले पोखरेलीहरु मा,रमा परिरहेका छन् ।

यसैबीच, उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्माले आजको अनुगमनबाट कालोबजारी गरिरहेका केही व्यापारीलाई कारवाहीको दा,यरामा ल्याइएको बताए । शर्माले कालोबजारी गर्ने ब्यापारीलाई कानून अनुसार का,रबाही गरिने तथा अनुगमनको कार्यलाई निरन्तरता दिइने बताए ।

अनुगमन टोलीमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद विन्दु शर्मा, स्वास्थ्य महाशाखा प्रमुख शम्भू ज्ञवाली, प्रदेश अनुगमन समितिका सदस्य सचिव भरतमणी बराल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, सामाजिक बिकास मन्त्रालयका प्रतिनिधि प्रकाश पौडेललगाएतको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।