कोरोनाको जो’खिमलाई लिएर सरकारले आ वश्यक त यारी गरेको छ: स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, २३ फागुन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले आवाश्यक तयारी गरेको जानकारी दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा मन्त्री ढकालले सरकारले एक सय ५५ वटा आइसोलेसन वेड छुट्याएको बताउनुभयो । उहाँले संक्रमित देखिए सात वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको समेत बताउनु भयो ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले तीन तहका ३३ हजार बढी कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयम् सेवक आवश्यक परे खटाउन सकिने बताउनु भयो । भारतसंग सिमाना रहेका भन्सार नाकाबाहेकका अन्य ३७ स्थानमा मानिसलाई जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिने योजना बनाएको पनि मन्त्री ढकालले जानकारी गराउनु भयो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको जाँच सेवालाई थप प्रभावकारी बनाउन प्रि–फ्याब कक्ष बनाउन लागिएको पनि उहाँको भनाइ थियो । झापाको चन्द्रगढी, चितवनको भरतपुर र कैलालीको धनगढीमा विमान चढ्नु अधि ज्वरो नापेर पठाउने र भक्तपुरमा खरि पाटीमा एक सय ७५ वेडको क्वारेनटाइन कायमै रहेको सांसदहरुलाई जानकारी दिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖