खा डीमा कोरोना प्र’कोप : सबैभन्दा बढि बहराइन प्र’भावित, यस्तो छ प छिल्लो वि वरण

काठमाडौँ । नेपालको उत्तरी छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले अहिले पुरै विश्व जगतमा नै आ’तंक मच्चाइरहेको छ। यो भाइरसको सं’क्रमण १ सय २० देशमा पुगिसकेको छ। अहिले सम्म १ लाख १९ हजार ४ सय ५५ जनामा कोरोनाको सं’क्रमण देखिएको छ । सं’क्रमणबाट ज्या’न गुमाउनेको संख्या ४ हजार ३ सय २ पुगेको छ ।

त्यस्तै सं’क्रमित मध्ये ६६ हजार ५ सय ९४ जना उपचारपछि घर फर्केका छन् । कोरोना पछिल्लो समय खाडी मुलुकमा पनि म’हामारीका रुपमा फै’लिन थालेको छ। अहिेलसम्म मध्यपूर्वी सबै देशहरुमा यसका सं’क्रमित बि’रामी भेट्एिका छन् । खाडी मुलुकमा उल्लेख्य संख्यामा नेपालीहरु रोजगारी तथा व्यवसाय गरेर बसेका छन्।

बहराइन : खाडीमा सबैभन्दा बढि सं’क्रमित बहराइनमा देखिएका छन्। बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ सय ८९ जनामा यसको सं’क्रमण देखिएको हो । जसमध्ये ३० जना उपचारपछि निको भएका छन्। बुधवार मात्रै बहराइनमा यस हप्ता इरानबाट जहाजमार्फत ल्याइएका ७७ जना नयाँमा यसको सं’क्रमण देखिएको हो । बहराइनमा १५ हजारदेखि २० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि पुगेका छन्।

यूएई : बहराइन पछि यूएईमा बढि सं’क्रमित भएका छन । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ जनामा कोरोना भाइरस सं’क्रमण भएको पुष्टि भएको छ। जसमध्ये १७ जना उपचारपछि निको भएका छन्। २ जनाको अवस्था गम्भिर छ । सं’क्रमित मध्ये २ जना त्यहाँ काम गर्न गएका नेपाली पनि हुन् । यूएईमा करिब ३ लाख नेपाली कार्यररत छन् ।

कुवेत: कुवेतमा हालसम्म ६९ जनामा कोरोना सं’क्रमित भेटिएका छन् । जसमध्ये १ जना उपचारपछि निको भएका छन्। सं’क्रमणबाट बच्न कुवेतले पनि उच्च स’तर्कता अपनाउँदै आएको छ । हालसम्म कुनै पनि आप्रावासी कामदारमा यस को सं’क्रमण देखिएको छैन् । कुवेत सरकारले सार्वजानिक कार्यक्रम गर्न पूर्ण रुपमा रो’क लगाएको छ । त्यस्तै स्कुल, कलेज समेत ब’न्द गरेको छ । कुवेतमा करिब ७५ हजार देखि ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि पुगेका छन्।

कतार : कतारमा अहिलेसम्म २४ जनामा कोरानाको सं’क्रमण देखिएको छ । कतारमा भेटिएका बिरामी मध्ये प्रायःजसो इरानको यात्रासँग सम्बन्धित छन्। कतारमा झण्डै ४ लाखको हाराहारीमा नेपाली छन्। कतारमा सं’क्रमित देखिएका २४ जना मध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । तर, उनीहरुको राष्ट्रियता बारे केहि खुलाइएको छैन् । कोरोना सं’क्रमणको प्रको’पलाई फै’लन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्र’वेश नि’षेध गरेको छ ।

महामारीको रुप लिन सक्ने सम्भावित जो’खिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत,चीन, इजिप्ट,इरान, इराक लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइ ल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको छ । त्यस्तै स्कुल, कलेजहरु पनि ब’न्द गराएको छ ।

साउदी अरब : साउदी अरबमा २० जनामा यसको सं’क्रमण देखिएको साउदीको स्वास्थय मन्त्रालयले जनाएको छ । कोरानाले उ’ग्ररुप लिन थालेपछि त्यहाँको सरकारले उ’च्च स’तर्कता अपनाउन थालेको छ। संक्रमणको प्रकोपलाई फै’लन नदिन सरकारले प्रभावित मुलुकबाट आउने उडानहरुमा समेत प्र’तिवन्ध लगाएको छ। साउदीमा पनि उल्लेख्य संख्यामा नेपालीहरु काम गरिरहेका छन्। रियाद स्थित नेपाली दूतावासले विभिन्न माध्यमबाट त्यहाँ रहेका नेपालीलाई स’तर्कता अपनाउन आग्रह गरिरहेको छ ।

ओमन : ओमनमा हाल सम्म १८ जनामा यसको सं’क्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु इरानको यात्रा गरेर फर्केका थिए । सं’क्रमित मध्ये ९ जना उपचार पछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ । त्यस्तै केहि सं’कास्पद वि’रामीकाे विशेष नि’गरानीमा उपचार भैरहेको छ । ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।