दाङमा पुनः प्रयोग गर्न सकिने मास्क उत्पादन सुरु

लमही । मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।

लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ । प्रतिमास्कको मूल्य रु ८० निर्धारण गरिएको छ ।

जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् । यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकत्तम मूल्य रु १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रु २५ सम्म पुगेको थियो ।

बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् ।

त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण सुरु भई बजारमा समेत आइसकेको छ । चिकित्सकले स्यानेटाइजर छर्केर तथा दैनिकरुपमा सफा गरेको अवस्थामा यो मास्क एक महिनासम्म पनि प्रयोग गर्न सकिने सल्लाह दिएका छन् । पछिल्लो समयमा विद्यालयका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र आम नागरिकमा पनि मास्क लगाउने प्रवृत्ति बढेको छ ।

अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि भन्दै बालबालिका युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्ने थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वातै बढेको व्यवसायी बताउँछन् ।

चाइनाबाट आउने मास्कको निर्यात बन्द भएपछि नेपालभरिनै मास्कको अभाव भइरहेको छ । कच्चा पदार्थ निर्यातमा समेत चीनले प्रतिबन्ध लगाइसकेको मास्क आयातकर्ता कम्पनीले बताएका छन् ।

अहिले स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको छ । केही दिनअघिबाट यहाँ उत्पादन गरिएको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गरेको बताइएको छ । चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको समूहका अध्यक्ष प्रेमकुमारी पुनले बताइन् ।

यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन सुरु गरेको उनको भनाइ छ । यसलाई उनीहरुले व्यावसायिकतामा समेत जोडेका छन् । अब व्यवसायिक रुपमा उत्पादन गरेर आन्तरिक माग खपत गर्ने योजनाका साथ अगाडि बढ्ने उनले बताए । लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उनको भनाइ छ ।

अल्लोबाट उत्पादन गरिएको मास्क धोएरसमेत प्रयोग गर्ने सकिनेछ । अन्य मास्क धोएर पुनः प्रयोग गर्ने नमिल्ने अध्यक्ष पुनको भनाइ छ । अल्लोबाट निर्माण भएकाले यो मास्क जैविक वस्तु भएकाले स्वस्थ रहेकोसमेत उनको दाबी छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।