सनराइज बैंक धनकुटाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । सनराइज बैंक धनकुटा शाखाको आयोजना तथा लिबर्टी कलेज धनकुटाको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कलेजका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको समन्वय कलेजका प्रिन्सीपल हिम सागर कार्कीले गरेका थिए भने कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका कर्मचारी विवेक सुवेदीले गरेका थिए।

विद्यार्थीहरुको उपस्थिती रहेको सो कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा कलेजका विद्यार्थी चन्द्र राय तथा विद्या लिम्बुले सनराईज बैंकको यस कार्यक्रमले बैंक सम्बन्धि धरै जानकारीहरु प्राप्त भएको तथा सनराईज बैंकको स्वास्थ्य विमा र मिस कल बैंकिङ धेरै नै मन परेको प्रतिकृया दिए।

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता ’ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले यस वित्तिय साक्षारता कार्यक्रम संचालन गरेको तथा यस्तो कार्यक्रमलाई धनकुटाका अन्य क्षेत्रमा पनि निरन्तरता दिइने सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश शर्मा अधिकारीले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।