उर्लाबारीबासीलाई खुशीको खबर – अब स्वास्थ्य बिमा अरनिको हस्पिटलमै

उर्लाबारी । सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रमको सुविधा अरनिको हस्पिटल उर्लाबारीबाट पनि लिन सकिने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल धेरैले स्वास्थ्य बीमा गर्दै आएका छन् र सरकारको पनि सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको छ । सोही अनुरुप अरनिको हस्पिटलबाट सेवा लिन सकिने भएको हो ।

हस्पिटलका अध्यक्ष लोलिम पोमु र स्वस्थ्य बीमा बोर्डबिच लिखित सम्झौता भइसकेको छ । स्वास्थ्य बिममा बोडका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलसँग भेटघाट र सम्झौता अनुरुप स्वास्थ्य विमा लागुको तयारी थालिएको हस्पिटलका अध्यक्ष पोमुले बताउनुभयो । पोमुका अनुसार चैत्र २ गतेदेखी सो सेवा सुचारु हुनेछ ।

वार्षीक १ लाखको सेवा पाउने

बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ। ओपीडी सेवा, ल्याब, भर्ना,औषधीदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ।

यो योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले केही पैसा उठाउनु पर्ने हुन्छ। अहिले हामीले कार्यक्रमको स्थायित्वका लागि सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिएका छौं। त्यो बापत वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिन्छौं। हामीले ५ जनाको परिवारलाई एउटा इकाइ मानेका छौं,स्वास्थ्य बिममा बोडका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशः २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ। जेष्ठ नागरिक छन् भने प्रतिजेष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन।

यदि कुनै परिवार अति गरिबको सूचीमा छ भने उसले पनि योगदान गर्न पर्दैन। उसको तर्फबाट गर्ने योगदान नेपाल सरकार आफैंले गर्छ। हरेक कुराको एउटा सीमा हुन्छ। कुनै कार्यक्रममा सरकारले असीमित सेवा सुविधा दिने हो भने राज्यको ढुकुटीमा रहेको पैसाले पनि धान्न गाह्रो हुन्छ।

राज्यले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको हो। यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो। संविधानले पनि व्यवस्था गरेको छ। आधारभुत स्वास्थ्य सेवा निःशुल्क छ। त्योभन्दा माथिका सेवा दिन यो योजना ल्याइएको हो। यसको स्थायित्वका लागि पनि यसले असीमित सेवा सुविधा दिनु हुँदैन।

स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाका हरेक वडामा दर्ता सहयोगी छन् । उनीहरू उपलब्ध नभए वडामा गएर, सम्पर्क गरेर बिमा कार्यक्रममा सहभागी हुन सकिन्छ। अहिलेसम्म सहभागिता न्यून नै छ।

स्वास्थ्य बीमा दाबी अरूभन्दा सहज छ । अरू बीमामा जो बीमित हो ऊ आफैं दाबी गर्न जानुपर्छ । यसमा जुन सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिएको छ त्यो सेवा प्रदायक संस्था आफैंले दाबी गर्छ।

बीमितलाई कार्डको व्यवस्था गरिएको हुन्छ । त्यसैले सेवाप्रदायक संस्थाले रकम लिन्छ। कार्डमा पैसा हुँदासम्म सेवा दिन्छन्। के सेवा दिएको हो भन्ने सेवा प्रदायक संस्थाले स्वास्थ्य सेवा बोर्डमा दाबी गर्छ। त्यसको आधारमा सेवा प्रदायक संस्थाले रकम पाउँछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।