धनकुटामा चैते धान खेति सुरु
धनकुटा खबर, २ चैत । धनकुटाका किसानहरु चैते धान खेतिमा व्यस्त भएका छन् । धनकुटाका बेंसी तथा फाँटहरुमा धान खेति गर्न सुरु भई सकेको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका कृषक जीतबहादुर लिम्बुले भने चैते धान खेति सुरु भए संगै किसान लाई व्यास्तता बढेको बताउँछन् । उनले भने “अव चैते धानको रोपाई सके संगै मकै खेति तिर लाग्नु पर्ने हुन्छ अब किसान लाई कामको च,टा,रो सुरु भयो” तर कृषि कामदार अभावले भने किसान लाई यस बेला देखि नै सताएको बताउँन थालेका छन् ।

धनकुटाका बेँसीको करिब एक हजार ३ सय भन्दा बढी हेक्टर क्षेत्रफलमा चैते धान खेति हुने गरेको छ । धनकुटामा तौली, चैते २ र ४, बेलगुटी,स्थानिय अन्य जात संगै हर्दिनाथ–एक लगायत धानका जातको खेति हुने गरेको छ । धानले धनकुटाको कुल खाद्यान्नमा ४० प्रतिशत योगदान गर्दै आएको छ ।


