वीर अस्पतालमा दाँतको उपचार गर्न एक वर्षदेखि पालो कु,र्दै

काठमाडौं । ललितपुरकी मुना बिएम बि,ग्रिएको दाँत मिलाउन २०७५ चैतको दोस्रो साता वीर अस्पताल पुगिन्। चिकित्सकले उनको दाँत बाँ,ध्नुपर्ने बताए। तर उनले पालो नै पाइनन्, उपचार गर्न पर्खनुपर्ने भयो।

उनले पालो कु,रेको एक वर्ष पुग्न लागेको छ। भन्छिन्, राम्रो र सस्तो हुन्छ भनेर वीर अस्पताल गएको थिएँ। एक वर्ष बि त्न लागिसक्यो, पालो आएको छैन। अझै कति प,र्खनुपर्ने हो, थाहा छैन।’

गोंगोबुका भुपेन्द्र शाहीले पनि उपचारका लागि पालो प,र्खिएको एक वर्ष पुग्नै लाग्यो। दाँत बाँ,ध्नका लागि उनी गत वर्ष चैतको १५ गते वीर पुगेका थिए। उनले भने, ‘दाँत बाँ,ध्नुपर्ने भएर वीर अस्पताल गएँ। अहिले खाली छैन, फोन गरेर खबर गर्छौं भनेका थिए। अहिलेसम्म खबर आएको छैन।

उनीहरु जस्तै करिब १ सय ४० जना एक वर्षदेखि उपचारको पर्खाइमा छन्। वीर अस्पतालको डेन्टल विभागमा दैनिक करिब १ सय ५० जना बिरामी उपचारका लागि पुग्छन्। जसमध्ये ८०–९० जना नयाँ बिरामी हुन्छन्। तर यी सबै बिरामीलाई थेग्ने क्ष,मता अस्पतालसँग छैन।

गरिब तथा विपन्न वर्गका लागि भनेर मुलुककै पुरानो अस्पतालका रुपमा चिनिन्छ वीर अस्पताल। तर यहाँ जोकसैले सहजै उपचार पाउने अवस्था छैन। घन्टौं लाइनमा बसेर टिकट काट्नुपर्छ। जसोतसो चिकित्सकलाई भे,ट्ने पालो आउँछ। तर तत्काल उपचार पाइँदैन।

चिकित्सकले केही समय पर्खनु, खबर गर्छौं भन्छन्। तर बिरामीको पर्खाइ हप्ता, महिना अनि वर्षमा पुग्छ। डेन्टल विभागमा दैनिक डेढ सयको हाराहारीमा बिरामी पुगेपनि वीर अस्पतालमा जम्मा ३० वटा डेन्टर चियर मात्र छन्। जसले गर्दा अस्पताल पुग्ने सबै बिरामीले उपचार पाउँदैनन्।

वीर अस्पतालमा किराले खा,एको दाँत भर्ने, जरादेखि भ,र्ने, दाँत बाँ,ध्ने, मिलाउने, दाँतको श,ल्यक्रिया, गिजासम्बन्धी रोग, इम्प्लान्ट लगायत स,मस्याको विभिन्न उपचार हुन्छ। जसमध्ये दाँत बाँ,ध्न पुगेका बिरामीले भने समयमै उपचार पाउँदैनन्।

आवश्यकता अनुसार डेन्टर चियर नभएका कारण सोचेजति सेवा दिन नसकिएको विभागकी प्रमुख प्राडा शैली प्रधानले बताइन्। उनले भनिन्, ‘हामीसँग पर्याप्त डेन्टल चियर छैनन्। ठाउँ अभावका कारण चियर पनि थप्न सकिरहेका छैनौं। त्यसैले बिरामीले पर्खनुपर्ने बा,ध्यता छ।

उनका अनुसार डेन्टल विभागमा ५० वटा डेन्टल चियरको आवश्यकता छ। तर स्थान अ,भावका कारण डेन्टल चियर थप्न नसकिएको उनले बताइन्। डेन्टल विभाग अन्तर्गत हाल ५२ जना कर्मचारी छन्। २० दन्त चिकित्सक, १९ आवासीय चिकित्सक, ८ दन्त सहायक चिकित्सक र ५ जना सहयोगी छन्।

हाल दन्त चिकित्सक पर्याप्त भए पनि दन्त सहायक चिकित्सक पर्याप्त नभएको डा प्रधानले जानकारी दिइन्। उनले भनिन्, ‘अहिले हामीसँग दन्त चिकित्सक पर्याप्त हुनुहुन्छ। तर उपचारका लागि चाहिने डेन्टल चियरको अभाव छ।’

वीर अस्पतालमा दन्तसम्बन्धी उपचार राम्रो भए पनि स्थान अभावका कारण सबै बिरामीले सहज रुपमा उपचार पाउन नसकेको उनको भनाइ छ। ‘वीर अस्पतालको सेवा राम्रो छ तर पालो पाउन चाहिँ गाह्रो छ,’ उनले स्वीकारिन्। -कमला गुरुङ,स्वास्थ्यखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।