नेपालको कोरोना भा,इरस परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो – विश्व स्वास्थ्य सङ्गठन
काठमाण्डौ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भा,इरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भा,इरसको परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो रहेको उल्लेख गरिएको छ ।
यस्तै पत्रमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाविरु,द्धको सहयोगलाई निरन्तरता दिने जनाएको छ । पछिल्ला केही दिनयता विश्वव्यापी रुपमा फै,लिएको कोरोना भा,इरसको स,ङ्क्रमण नेपालमा नदेखिनु प्रयोगशालाको गल्ती भएको भन्दै आलोचना हुँदै आएको छ । तर प्रयोगशालाले भने यस सम्बन्धमा कुनै कमी वा कमजोरी नभएको बताउँदै आएको छ ।



