नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो
चौथो सं,क्रमितलाई अस्पताल पु-याउनेहरुको खोजी गरिदै
काठमाडौं, १४ चैत । कोराना भाइरस (कोभिड–१९) को थप एक जनामा स,ङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज (शुक्रबार) कोरोना स,ङ्क्रमण भेटिएको हो ।
स,ङ्क्रमित ती व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका थिए । योसँगै नेपालमा कोभिड–१९ बाट स,ङ्क्रमितको संख्या चार पुगेको छ ।
जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् । दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई अस्पतालसम्म पु-याउनेहरुको खोजी कार्य सुरु गरिएको जनाएको छ । साथै, ती युवकका सम्पर्कमा आएका अन्य व्यक्तिहरुको समेत खोजी सुरु गरिने भएको छ ।


