कोरोना स,ङ्क्रमित युवक भन्छन्,- उपचार त परको कुरा तातोपानी समेत पाइँन

सीताराम ओझा, कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) स,ङ्क्रमित युवकले उपचार नपाएको गु,नासो गरेका छन् । ३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना स,ङ्क्रमणको पुष्टि भएपछि उपचारका लागि स्वास्थ्यकर्मी नै नआएको बताएका हुन् ।

उज्यालोसँग कुरा गर्दै उनले तातोपानी समेत नपाएको दुखेसो गरेका छन् । शुक्रबार साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक समेत नगएको युवकले बताए । दुबईबाट फर्किएका उनलाई गएको चैत्र ११ गतेदेखि आइसोलेशनमा राखिएको थियो । उनले आफू बाँ,च्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन्।

कोरोनाको स,ङ्क्रमण भेटिएपछि उनका परिवारका सदस्यलाई पनि शनिबार अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार सङ्क्रमित युवकको परिवारका आठ जना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको हो ।

उनी नेपाल आएको पाँचौँ दिनमा प्रादेशिक अस्पतालको आइसोलेशनमा पुगेका थिए । प्रहरी नायब बस्नेतले पाँच दिनको अवधिमा ती युवकले थुप्रै व्यक्तिलाई भेटेको पाइएको जानकारी दिनुभएको छ । ‘कोरोना स,ङ्क्रमित ती व्यक्तिले धनगढीका धेरैलाई भेटेको पाइएको छ । सबैको खोजी भइरहेको छ’, उहाँले भन्नुभयो ।

स,ङ्क्रमित व्यक्तिका पारिवारिक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्र,सित बनेका छन् । ती युवकलाई अस्पताल लैजाने व्यक्ति भने अझै स,म्पर्कमा आएका छैनन् । -उज्यालो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖