स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरे २५ हजार ज,रिवाना
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गर्नेलाई ज,रिवाना लाग्ने भएको छ । गाउँबासीलाई कोरोना भा,इरसको सं,क्रमणबाट जोगाउन वडाले गाउँ प्रवेश गर्दा स्वास्थ्य जाँच नगराए २५ हजार जरिवाना तिर्नुपर्ने नियम बनाएको हो ।
कोरोना भाइरस सं,क्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही सं,क्रमित व्यक्ति गाउँमा नआउन भनेर यस्तो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताउनुभयो । वडा कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाकाे भनाइ छ । खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।
हुम्ला जिल्लाभरि एक सय तीन शय्याको क्वारेनटाइन निर्माण गरिएको छ । स्थानिय सरकार र स्थानिय प्रशासनले कोभिड –१९ को जोखिम बढ्दै गएपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्नलाई जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरेको छ ।
जिल्लाको सदरमुकाम सिमकोटमा रहेको ३० श,य्याको क्वारेन्टाइनमा अहिले जिल्ला बाहिरबाट आएका १० र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा रहेको क्वारेन्टाइनमा ११ श,य्या रहेकामा ११ जना नै बसेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो ।


