मुलुकभर ५० हजार स्वयंसेविका परिचालन गर्दै सरकार
काठमाडौं । कोभिड १९ विरु,द्धको अभियानमा सरकारले पचास हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ ।
आइतबार कोरोना रो,कथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको १७ औं बैठकले मुलुकभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार कोरोनाविरु,द्धको अभियानमा ख,टाइने स्वास्थ्य स्वयंसेविकाहरुको लागि पारिश्रमिक र बीमाको व्यवस्था गरिनेछ ।
यसका साथै क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई कोरोना परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि गरिएको छ । यस अगाडि क्वारेन्टाइनमा बसेकाहरुमा लक्षण नदेखिएपछि बिनापरीक्षण घर पठाइन्थ्यो ।


