आज धनकुटामा कसैको पनि कोरोना परिक्षण गरिएन

धनकुटा खबर, ७ बैशाख । आरडीटी किट कम भएकोले आज धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण गरिएन । आवश्यक आरडीटी कीट नभएकोले धनकुटामा कसैको पनि कोरोना सं,क्रमण परिक्षण नगरिएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

तर धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा विदेशबाट फर्किएका र आरडीटी टेष्ट गर्न छुटेकाहरुको भोलि र पर्सि आरडीटी टेष्ट गरिने भएको छ ।

विदेशबाट फर्किएका र आरडीटी टेष्ट गर्न छुटेकाहरुको पाख्रीबास नगरपालिकामा भोलि र साँगुरीगढी गाउँपालिकामा पर्सि आरडीटी टेष्ट गरिने भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराागाईले जानकारी दिनु भयो ।

धनकुटामा सुरु देखि आज सम्म १ सय ५ जनाको र्यापिट डाइग्रोस्टिक टेष्ट गरिएको र अहिले सम्म सबैको रिपोट नेगेटिभ आएको प्रमुख गुराँगाईले जानकारी दिनु भयो । अहिले आरडीटी कीटको माग गरिएको र कीट आए पछि फेरी परिक्षण सुरु गरिने स्वाथ्य कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖