धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण – सबैको रिपोर्ट नेगेटिभ
धनकुटा खबर, १० बैशाख । धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण गरिएको छ ।
आज सम्म परिक्षण गरीएका र रिपोट आएका सबै १ सय २५ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो “ अहिले सम्म धनकुटा जिल्ला कोरोना भाइरसबाट सु,रक्षित छ तर आवश्यक स,र्तकता भने सबैले अपनाउनु आवश्यक छ ”।
१ सय २१ जनाको आरडीटी टेष्ट र अन्य ४ जनाको पिसिआरद्धारा परिक्षण गरिएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराागाईले जानकारी दिनु भयो । परिक्षण गरिएकाहरु सबै विदेश बाट आएको समेत स्वाथ्य कार्यालयले जनाएको छ ।


