धनकुटामा २ सय २५ जनाको कोराना परिक्षण – सबैको रिपोट नेगेटिभ
धनकुटा खबर, २८ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय २५ जनाको कोराना परिक्षण गरिएको छ ।
आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय २५ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
२ सय १७ जनाको आरडीटी टेष्ट र अन्य २ जनाको पिसिआर र ६ जनाको पिसिआर र आरडीटी द्धारापरिक्षण गरिएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।


