धनकुटाको पाख्रीबासमा कफी, एवोकाडो र तेजपात खेतीको तयारी
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ८ को विभिन्न स्थानमा कफी, एवोकाडो र तेजपात खेतीका लागि तयारी थालिएको छ ।
जसका लागि अहिले वडा कार्यलयको समन्वयमा किसानहरु सँग आवश्यक छलफल तथा कुराकानी भईरहेको ८ नं वडाध्यक्ष सिताराम राईले वताउनुभएको छ । उहाँका अनुसार ८ नं वडाको खत्रीडाँडामा एक सय ५० रोपनी, राईगाउँमा एक सय रोपनी र थापागाउँमा एकसय रोपनीमा यो खेति गर्नका लागि तयारी भईरहेको छ ।
एक सहकारीको माध्यम मार्फत गर्न लागिएको कफी, एवोकाडो र तेजपात खेतिका लागि छनौट गरिएको यी तीन स्थान मध्ये खत्रीडाँडाको जग्गाको भने उ,द्घाटन समेत गरिसकिएको वडाध्यक्ष राईले वताउनुभयो । सवै जग्गा लिजमा लिएर गर्न लागिएको यो खेतिका लागि लगत कति लाग्छ भन्ने अहिले नै खास भन्न नसकिने उहाँको भनाई छ । (फाईल फोटो)


