‘राहत होइन मकैमा लागेको फौजी किरा मा र्ने वि,षादी देऊ’
धनकुटा खबर । धनकुटामा अमेरीकन फौजी किराले मकै बालि सखाप बनाए पछि किसान लाई चि,न्ताले पिरोलेको छ ।
अघिल्लो बर्ष बाट धनकुटामा प्र,कोपकै रुपमा देखिएको यो रोगले यो बर्ष समेत उस्तै रुप लिएको छ । अहिल्लो बर्ष खडेरीका कारण मकैको विउँ समेत जोगाउन नसकेका किसानलाई यो बर्ष मौसमले साथ दिए पनि मकै खेतिमा लागेको फैजी किरा नि,यन्त्रण गर्न नसक्दा के खाने भन्ने चिन्ताले साताएको छ ।
धनकुटाको छथरजोरपाटीका ४ का कृषक मेघराज खतिवडाले भने “ अहिले फैजी किराको प्रकोपको कारण मकै वालि सखाप हुदै छ यस तर्फ सकैको ध्यान गएको छैन स्थानिय सरकार अझै पनि राहतको कुरा भन्ने काम मात्र गर्दै छ अव राहत होइन मकै बालिमा लागेको फौजी किरा मा,र्ने वि,षादी देऊ” अघिल्लो बर्ष मकैको विऊ समेत राख्न नपाएका किसानलाई स्थानिय सरकारले मकैको विऊ वितरण गरे पछि मकै छरेका किसान लाई अहिले रोगको प्र,कोपले सताएको खतिवडाको भनाई छ ।
रोग किराको व्यावस्थापन नभएमा मकैको विऊ समेत जोगाउन नसकिने धनकुटा नगरपालिकाका अर्का कृषक योगेन्द्र गुराँगाईले बताउनु भयो । मकै बालि जोगाउन सम्बन्धीत पक्षको ध्यान नजाने हो भने कोरोनाको त्रा,स संगै भोकमरिको समस्याले समेत सताउन उनको भनाई थियो ।


