धनकुटालाई २ अर्व २७ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन

धनकुटा खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७ र ०७८ का लागि १४ खर्व ७४ अर्व ६४ करोड बजेट जेठ १५ गते संसदमा प्रस्तुत गरे । संसदमा अर्थमन्त्री ले प्रस्तुत गरेको बजेटमा धनकुटा जिल्ला ३ नगरपालिका र ४ गाउँपालिका लागि २ अर्व २७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

धनकुटामा सबै भन्दा बढी बजेट धनकुटा नगरपालिकालाई दिइएको छ भने सवै भन्दा कम बजेट शहिदभुमी गाउँपालिका लाई दिइएको छ । जस अन्र्तगत धनकुटानगरपालिका लाई ४५ करोड ३५ लाख, महालक्ष्मीनगरपालिका लाई ३९ करोड २ लाख, पाख्रिवास नगरपालिका लाई २७ करोड ७३ लाख, चौबिसे गाउँपालिका लाई ३२ करोड ५० लाख, साँगुरीगढी ३१ करोड ८ लाख र छथरजोरपाटी गाउँपालिका २६ करोड ३३ लाख विनियोजन गरेका छन् ।

सामानिकरण अनुदान, विशेष अनुदान, सर्शत अनुदान र समपुरक अनुदानको रुपमा वजेट विनियोजन गरिएको हो । यसरी बजेट विनियोजन गर्दा पाख्रिबास नगरपालिका लाई चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका कम बजेट विनियोजन गरीएको छ । गाउँपालिका तर्फ सबै भन्दा कम बजेट शहिदभुमी गाउँपालिका लाई दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖