पाख्रीबास नगरपालिकाले १० वटै वडामा छ,र्कियो फौजि किरा मा र्ने औषधी
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको दश वटै वडाका किसानले लगाएको १ सय ६० दशमलव ५ हेक्टर जग्गा क्षेत्रफलको वालिमा अमेरिकन फौजि किरा नियन्त्रणका लागि विषाधि छर्किएको (स्प्रे) छ ।
किसानले लगाएको वालिमा यो किराको प्रकोप देखिएपछि त्यहाँका २ सय ७ किसानको उल्लेखित जग्गा क्षेत्रफलको मकै वालिमा नगरको कृषी शाखा मार्फत ५० प्रतिशत अनुदानमा विषाधि छर्किएको हो ।
कृषी शाखाको आकस्मिक वालि संरक्षण सेवा कार्यक्रम अन्र्तगत २ लाख ५० हजार र किसानको २ लाख ५० हजार गरी जम्मा ५ लाख वरावरको विषाधि छर्किएको कृषीशाखा प्रमुख ईन्द्रमाया तामाङले जानकारी दिनुभयो ।

प्रमुख तामाङका अनुसार विषाधि छरिएको क्षेत्रमा अहिले यो किराको प्र,कोप केही मात्रमा न्युनिकरण भएको छ । तर वेशी भेगको मकैवालीमा भने प्रकोप देखिने क्रम जारी रहेको उहाँले वातउनुभयो ।
यी क्षेत्रमा पनि फौजिकिरा नियन्त्रणका लागि सहजीकरण भईरहेको कृषीशाखाले जनाएको छ । नगर प्रमुख, कृषी शाखा प्रमुख सहित सम्वन्धित विज्ञहरुको उपस्थितीमा वालिको अनुगमन गर्दै कति क्षेत्रफलमा कुन विषाधि कति लागउने ? कुन कुन समयमा कति पटक लगाउने भन्ने कुराको किसानहरुलाई जानकारी गराउदै प्रभावित क्षेत्रको वालिमा विषाधि छर्किने गरिएको प्रमुख तामाङले वताउनुभयो ।


