धनकुटाका ७ सय ७२ जना किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण

धनकुटा खबर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वय ईकाई सिधुवा धनकुटाले जोनमा आवद्ध ५६ वटा कृषक समुहका ७ सय ७२ जना किसानहरुको लागी ९ लाख, ८० हजार रुपयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ ।

जोन कार्यान्वयन ईकाई सिधुवा धनकुटाले महालक्ष्मी नगरपालिका वडा नं.८ र ९ नम्वर वडामा रहेका विभिन्न समुहमा आवद्ध २ सय ६२ जना किसानलाई ३ लाख, १० हजार, २ सय, ७५ रुपयाँ हस्तान्तराण गरिएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.६ का १ सय ४७ जना किसानलाई १ लाख, ९४ हजार, ६ सय रुपयाँ वितरण गरेको छ ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.५ मा रहेका १ सय ६० जना किसानका लागी २ लाख, १७ हजार र वडा नं.२ को २ सय २ किसानका लागी २ लाख, ५६ हजार, ७ सय २५ रुपयाँ अनुदान रकम वितरण गरिएको छ । त्यसैगरी वडा नं.३ का १ घरलाई १४ सय रुपयाँ अनुदान रकम छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले प्रदान गरेका हुन् ।

कृषक समुहमा आवद्ध किसानहरुलाई केराउ बालीमा प्रात्साहित हुने गरी प्रति रोपनी ३ सय ५० रुपयाँको दरले कुल आफ्नो उत्पादनमा १०.५ प्रतिसत उत्पादन वृद्धि गर्ने कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिएको जोन कार्यालयका प्रमुख देवेन्द्र साहूले वताए । प्रोत्साहन अनुदान वितरण कार्यक्रममा बोल्दै छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले लकडाउनको कारण घाटा खाएका किसानहरुको लागी प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गर्ने प्रयत्न गरेको बताए ।

जोन संलाक समितिका अध्यक्ष मेखवहादुर खड्काको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमा वडा नं.६ का वडाध्यक्ष दिलवहादुर थापा, अगुवा कृषक एवं व्यावसायी मेघेन्द्र गुरुङ्ग लगायतले कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागी जोड दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।