धनकुटाका ७ वटै तहले गरे अनुमानित वजेट विनियोजन – हेर्नुहोस् कुन तहमा कति ?
धनकुटा खबर । धनकुटाको ७ वटै स्थानिय तहले आज आगामी आर्थिक वर्षका लागि अनुमानित वजेट विनियोजन गरेकाछन् । जसअनुसार धनकुटा नगरपालिकाले ६१ करोड ७९ लाख ४६ हजार वरावरको वजेट प्रस्तुत गरेको छ । कृषी पर्यटन तथा स्वास्थ्यलाई प्राथामिक्तामा राखेर नगरले उल्लेखित वजेट प्रस्तुत गरेको नगरका प्रवक्ता जमशेर छाराहाङ्गले वताउनुभयो ।
त्यस्तै गरी पाख्रीवास नगरपालिकाले ४८ करोड ९८ लाख ७ हजार वरावरको अनुमानित वजेट प्रस्तुत गरेको छ । जसमा संघीय सरकार वित्तिय समानिीकरण तर्फ ९ करोड ४३ लाख र संघीय सरकारको सशर्त तर्फ १८ करोड अनुदान प्राप्त, संघिय सरकार विशेष अनुदान अन्र्तगत ३० लाख,प्रदेश सरकार सशर्त अनुदान तर्फ २२ लाख ६२ हजार प्रदेश विशेष अनुदान तर्फ २१ लाख ६१ हजार ५ सय २९, प्रदेश समपूरक अनुदान तर्फ १ करोड,प्रदेश सरकारबाट वित्यि समानिकरण ६९ लाख ४३ हजार, प्रदेश सरकार मार्फत प्राप्त सवारी साधनको कर बाडफाड तर्फ ३४ लाख ५९ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक श्रोत तर्फ ८० लाख आम्दानी हुने र रजिष्ट्रेशन बाँडफाँड तर्फ १५ लाख प्राप्त हुने अनुमान छ भने सडक वोर्डबाट २० लाख र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत औद्योगिक पूर्वाधार वातावरण महाशाखाबाट ९२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।अपांगता रोकथाम तथा पूनस्थापना करुणा फाउण्डेशन कार्यक्रम अन्र्तगत २१ लाख ६१ हजार ५ सय २९ रुपयाँ र सामाजिक सूरक्षा तर्फ ६ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । नगर प्रमुअ वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित सभामा उपप्रमुख देवकला पौडेल तिम्सिनाले वजेट प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपयाँ वरावरको वजेट विनियोजन गरेको छ । नगर प्रमुख पर्शुरामम नेपालको अध्यक्षतामा सञ्चालित सभामा मञ्जु कार्की अधिकारीले वजेट प्रस्तुत गर्नुभएको हो ।
त्यस्तैगरी धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आगामी आथिृक वर्षका लागि ३८ करोड ३६ लाख ६२ हजार वरावरको अनुमानित वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुको अध्यक्षतामा सञ्चालित ७ औ गाउँसभामा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठले वजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत वजेट आर्थिक वर्ष २०७६,७७ को तुलनामा ८ करोड ४१ लाख ५ हजार वा २८ प्रतिशतले वढी भएको जनाईएको छ । अव व्यहोरिने श्रोतको रुपमा आन्तरिक आयबाट रु ९५ लाख,नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण तर्फ ८ करोड ६१ लाख राजश्व बाँडफाँडबाट ६ करोड १७ लाख ५३ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ १५ करोड ७२ लाख,विशेष अनुदान १ करोड र समपूरक अनुदान १ करोड, प्रदेश सरकार वित्तिय समानिकरण तर्फ ६९ लाख ८३ हजार राजश्व बाँडफँडबाट ३१ लाख ३ हजार समपूरक अनुदान १ करोड,सर्शत अनुदान १७ लाख १० हजार,अ.ल्या रु २ करोड ७३ लाख १३ हजार गाउँपालिकाको सञ्चित कोषमा आय जम्मा हुने अनुमान गरिएको छ । यसबाट चालुतर्फ सञ्चालन खर्च २५ करोड ४५ लाख ९६ हजार र पूँजीगत तर्फ १२ करोड ९० लाख ९९ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाको समग्र भू भागलाई उत्पादन मूलक वनाउन भू उपयोग नक्सा तयार पारी भौतिक विकासको स्वरुप सु निश्चित गर्न रु ५ लाख, आर्थिक विकास तर्फ कृषी पेशालाइ व्यवसायीकिकरण गर्दै गाउँपालिकामा कृषी उत्पादन वढाउन कृषी प्रवद्र्धन कोषमा श्रोत भर्ना सापटीका लागि २० लाख, कृषकहरुलाई प्रोत्साहित गर्न १ करोड ४७ लाख ४५ हजार, पशुसेवा तर्फ युवा लक्षित व्यवसायिक पशुफर्म का लागि १ करोड १५ लाख २ हजार उद्योग तथा वाणिज्य ४३ लाख पर्यटन १७ लाख ६४ हजार, सहकारी क्षेत्र १० लाख गरी आर्थिक विकासमा कूल ३ करोड २३ लाख २४ हजार वजेट विनियोजन गरिएको छ । सामाजिक विकास तर्फकूल १८ करोड ८ लाख ८३ हजार, त्यस्तै पूर्वाधार विकास तर्फ कूल ७ करोड ७७ लाख १४ हजार वन तथा वातावरण संरक्षण सरसफाई तथा प्रकोप व्यवस्थापन कोभिड १९ रोकथाम समेतका लागि ८७ लाख ६० हजार,भ्रष्टचार नियन्त्रण,सूचना प्रविधि व्यवस्थापन,प्रधानमन्त्री रोजगार कार्यक्रम समेतका लागि ७ करोड ४५ लाख ३७ हजार, वजेट विनियोजन गरिएको छ ।
त्यस्तैगरी धनकुटाको शहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड १० लाख ३२ हजार ४ सय ८ रुपयाँ वरावरको वजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित सभामा उपाध्यक्ष रत्नेश्वरी राई वजेट प्रततुत गर्नुभएको गाउँपालिका अध्यक्ष राईले वताउनुभयो । पूर्वाधार विकास तर्फ ५ करोड ४० लाख ५० हजार सामाजिक विकास तर्फ १ करोड ९२ लाख संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ७८ लाख आर्थिक विकास तर्फ७५ लाख र वातावरण विपत व्यवस्थापन तर्फ १६ लाख वजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
त्यस्तै चौविसे गाउँपालिकाले ४४ करोड १३ लाख २१ हजार ९ सय वरावरको वजेट विनियोजन गरेको गाउँपालिका यपाध्यक्ष यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो । प्रस्तुत वजेट अनुसार पूँजीगत तर्फ ४९ दशमलव ७५ प्रतिशत र चालु तर्फ ५० दशमलव २५ प्रतिशत वजेट विनियोजन गरिएको छ ।
त्यस्तै सागुरीगढी गाउँपालिकामा ४२ करोड २ लाख २३ हजार १ सय ३० रुपयाँ वरावरको वजेट विनियोजन गरिएको छ । जसअनुसार आर्थिक विकास तर्फ ९५ लाख सामाजिक विकास तर्फ २ करोड १ लाख ७२ हजार , पूर्वाधार तर्फ ४ कररोड १७ लाख ७७ हजार,वन तथा वातावरण विपत व्यवस्थापन तर्फ ४८ लाख ५० हजार शु सासन तर्फ ५० लाख २० हजार,प्रशासनिक खर्च ७ करोड ७८ लाख १ सय ३०, संघीय सरकार स शर्त अनुदान २१ करोड ७७ लाख, प्रदेश स शर्त २५ लाख २६ हजार,प्रदेश समपूरक अनुदान १ करोड, विपत व्यवस्थापन कोष कोभिड १९ लगायतका लागि ५० लाख समपूरक कोष सिप विकास तर्फ १ करोड २० लाख वजेट विनियोजन गरिएकको गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य वालकृष्ण राईले जानकारी दिनुभयो ।
पाख्रीबास नगरपालिकाको बजेट


