कफि खेतिमा पाख्रीबास नगरपालिकाको नजर – अब ब्यबसायीक रुपमा अघि बढाऊने

कबिराज घिमिरे, धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिकाले यो बर्षबाट कफि खेतिलाइ ब्यबसायीक रुपमा अघि बढाउने भएको छ । नगरपालिकाले नगरको निति तथा कार्यक्रममै कफि पकेट क्षेत्र घोषणा गरेर खेति सुरु गर्ने तयारी गरेको हो ।

यो बर्ष नगरपालिकाले नर्सरी ब्यबस्थापनामा करिब पाँचलाख बिरुवा उत्पादन गर्ने गरी करिब दशलाख रुपैया बिनियोजना गरेको छ । नगरका अधिकाशं क्षेत्रमा कफि खेति गर्न सकिने भएकाले यसलाइ प्राथकितामा राखिएको मेयर बिर्ष बहादुर राइले जानकारी दिनुभयो । “नर्सरीबाट बिरुवा उत्पादन हुन करीब १५ महिना लाग्छ १५ महिना पछि पहिलो चरणमा पाख्रीवास नगरपालिका क्षेत्रका कृषकको बारीमा करीब पाच लाख कफिका बिरुवा रोपिनेछन्” राइले बताउनु भयो ।

नगरपालिकाको लक्ष्यका अधारमा करिब तीन बर्ष भित्रमा सम्पुर्ण क्षेत्रमा कफि खेति बिस्तार गरीसक्ने र पाँच बर्ष पछि पुर्ण रुपमा उत्पादन लिन थाल्ने जनाइएको छ । यसले कृषकलाइ आर्थिक रुपमा फाइदा पुग्नुको साथै कुषि पर्यटनलाइ समेत फाइदा पुर्याउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकालाइ यो अभियान सञ्चालन गर्न तेखिमे कृषि परामर्ष सेवा फार्म धनकुटा हिलेले सहजिकरण गरीरहेको छ । तेखिमे कृषि परामर्ष सेवा फार्मले केहि महिना अघि गरेको आधार रेखा सर्बेक्षणमा पाख्रीबास नगर क्षेत्रमा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा कफि खेति गर्न सकिने प्रतिबेदन तयार गरेको थियो । फार्मका अध्यक्ष तथा कृषि अभियन्ता जीबन राईका अनुसार नेपालमा खेति हुने अरबिका जातको कफि खेती करिब ६ सय मिटर उचाइ देखि १६ सय मिटर सम्म गर्न सकिन्छ । पाख्रिवास नगरपालिका क्षेत्रमा मात्रै बर्षिक करिब प्र्ण रुपमा कफि उत्पादन गर्न सक्दा करिब एक करोड पचास लाख किलो प्रसोधित कफि उत्पादन गर्न सकिने राइको भनाइ छ ।

यो खेती मिश्रित रुपमा गर्न सकिन्छ । कफिलाइ छहारीको रुपमा एभोकाडो, तेजपत्ता, सजिबन लगायतका खेति गर्न सकिन्छ । त्यस्तै कफि भित्र बेसार अदुवा लगायत बिभिन्न जडिबुटिको समेत खेति गर्न सकिन्छ । कषकले कफिसंगै एभोकाडो, अदुवा, बेसार लगायतका खेतिबाट समेत अतिरिक्त आम्दानी लिन सक्ने छन् ।

कृषि अभियन्ता राइका अनुसार एक रोपनी क्षेत्रफलबाट एक पटकमा तीन सय किलो ग्रिनबिन अर्थात प्रसोधित कफि उत्पादन गर्न सकिन्छ । जसको हालको बजार मुल्य ८३ रुपैया प्रति केजी रहेको छ । जस अनुसार एक पटकमा एक रोपनि क्षेत्रफलबाट करिब २५ हजार रुपैया आम्दानी गर्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।