धनकुटामा करिव २५ प्रतिशत मात्र धान रोपाई
धनकुटा खबर, असार १५ । आज राष्ट्रिय धान दिवस, खेतमा धान रोपाई गर्दै दही चिउरा खाएर मनाईदै छ । असार १५ गते रााष्ट्रिय धान दिवस मनाईरहँदा यो वर्ष धनकुटामा आज सम्म करिव २५ प्रतिशत वढी धान रोपाई भएको छ ।
कृषी ज्ञान केन्द्र धनकुटाका अनुसार यो वर्ष समयमै वर्षात भएको कारण गत वर्षहरुको तुलनामा धनकुटा जिल्लामा धान रोपाईको काम केही वढी सकिएको हो । धनकुटा जिल्लाको सात वटै स्थानिय तहको धरै-थोरै भू-भागमा धान खेती गरिदै आएको छ ।
नेपालमा राष्ट्रिय धान दिवस २०६२ साल असार १५ गतेदेखी मनाउन शूरु गरिएको हो ।


