ट्राफिक प्रहरी धनकुटाले संकलन गर्यो ६७ लाख बढी राजश्व !
धनकुटा खबर । गएको आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले ६७ लाख २२ हजार ५ सय राजश्व संकलन गरेको छ ।
गत वर्ष जिल्लामा ११ हजार ६ सय ४८ सवारी साधन कारवाहीमा परि उल्लेखित राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यलयको तथ्यांक अनुसार गत वर्ष जिल्लामा १६ सय ४४ वटा ट्रक,९ सय ७७ वटा वस, ३२ सय २२ जिपकार, ८ सय ९६ वटा ट्याक्टर, ३८ सय ७२ मोटरसाईकल र १ हजार ३७ अन्य सवारी साधान कारवाहीमा परेकाछन् ।
यो भन्दा अघिल्लो वर्ष जिल्लामा १२ हजार ५० वटा सवारी कारवाहीमा परेका थिए भने ७६ लाख ७३ हजार ५ सय राजश्व संकलन भएको थियो ।


