देवीको ‘खोंइछ’ भरिँदै !

महोत्तरी । बडादशैं पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । पूmलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ भर्नेक्रम महानवमीसम्म रहने मैथिल परम्परा छ ।

यस विधिमा देवी प्रतिमाको पोल्टामा भेटीस्वरुप नगद, शृङ्गार प्रसाधन, अक्षता, पूmल र नयाँ कपडा चढाउने प्रचलनअनुसार खाेंइछ भर्नेक्रम महासप्तमीको दिन सूर्यास्तपछि शुरु भएको हो । खासगरी देवीको पुकारा गरी भाकल गर्नेहरुले खाेंइछ भर्ने चलन छ ।

देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएकै दिन(फूलपातीका दिन) सूर्यास्तपछि खाेंइछ भर्नेहरुको निकै भीड लाग्ने गरेको छ । देवी प्रतिमालाई सजाएर लगाइएको सारीको अग्र भागको पोल्टामा खाेंइछ भर्नेहरुको सुविधाका लागि पालो निर्धारण गर्न धेरैजसो देवी प्रतिमास्थलमा अग्रिम नाम दर्ता गरिएको छ ।

मिथिला क्षेत्रमा भाकल मान्न देवी प्रतिमाको पोल्टो भर्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाताको भनाइ छ । खासगरी दुर्गाभवानीको लक्ष्मीस्वरुप र बिघ्नहरणीको रुप सम्झेर खाेंइछ भरिने परम्परा बसेको बर्दिवास–३ का बासिन्दा मैथिल पण्डित महेशकुमार झाले बताउनुभयो ।

देवीको खाेंइछ भर्नाले दरिद्रता, सन्ताप र शारीरिक कष्ट निवारण भई सुख, सन्तोष प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । ‘खोंइछ’ महासप्तमीका दिनदेखि नवमीसम्म श्रद्धालुले भर्ने गरेका छन् । नवरात्रमा देवी उपासना र कर्तव्यसँगै जोडिने गरेको यो विधि महिलाले नै पूरा गर्ने गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖