राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।

कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआउने भएपछि देवगणले आउँदो मङ्गलवार नवदुर्गालाई विः ट्ङकेगु ९महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन० विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए । उनले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताए ।

विसं. २०४५ पछि पहिलोपटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउने भएकी हुन् । उक्त दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले शुरु गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।