पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको निधन
कार्तिक १९,काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको निधन भएको छ।
कोरोना संक्रमित ५९ वर्षकी सीता महराको थापाथलि स्थित नर्भिक अस्पतालमा आइसीयूमा राखेर उपचार गरिरहेकोमा आज बिहान ६ बजेर २५ मिनेटमा मृ त्यु भएको अस्पतालले जनाएको छ।
स्वासप्रस्वासको समस्या भएपछि सिता लाई शुक्रवार बिहान दाङको घोराइबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो। निमोनियाको समेत रहेको उहाँको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।


